प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमबाट सबैभन्दा बढी सिट गठबन्धनले जित्नका लागि सफलता मिल्ने अपेक्षा राखेको बताएका छन् । आइतबार धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बताएका हुन् ।
उनले सुदूरपश्चिमबाट गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउनसमेत आह्वान गरेका छन् । सम्बोधनका कममा देउवाले देश अहिले गम्भीर मोडमा उभिएको बताए। देश चुनावपछि कता जाने ? भन्ने मोडमा रहेकाले संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको उनले बताए ।
त्यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा रहेका दलका कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मात्रै मत दिनुपर्ने बताएका छन् । उनले धनगढीमा सत्ता गठबन्धनको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
‘म काँग्रेसको हुँ भनेर रुखबाहेक अरुमा भोट हाल्दैन भनेर हुदैन,’ उनले भने, ‘म माओवादीको, म समाजवादीको हुँ भनेर आफ्ना चुनाव चिन्हमा मात्रै भोट हाल्छु भन्ने कुरा हुदैन ।’ गठबन्धन देशको विकासमा लागि बनेकाले गठबन्धनले जित्नुपर्ने उनले बताए ।
यस्तै सुदूरपश्चिममा गठबन्धन सफल बनाउनुपर्ने उनको भनाइ छ।