why do covid pcr tests take so long free download zoom cloud meeting why zoom is not working in my laptop why won't zoom open on my laptop download zoom meeing zoom meeting uk login join meeting use zoom app zoom app for kids

रन मेशिन कोहलीको उत्कृष्ट प्रदर्शनको कारण पाकिस्तान माथि भारतको एतिहासिक एवं साहसिक जित

   ९ कार्तिक २०७९, बुधबार १२:५८  

मेलवर्न । स्टार ब्याट्यासम्यान एवं रन मेशिनबाट परिचित रहेका विराट कोहलीको कारण नै भारतले आफना चिरप्रतिद्धन्दी पाकिस्तानलाई टि २० क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा पराजित गरेका छन् ।

आईसीसी टि–२० विश्वकप अन्तरगत भारत र पाकिस्तानविरुद्धको रोमाञ्चक खेलमा भारतले ५ विकेटको जित हात पारेको छ ।

बिराट कोहलीको उत्कृष्ट ब्याटिङको मद्दतमा भारतले हारको मुखबाट जित निकाले हो । पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले ५ विकेट गुमाएर अन्तिम बलमा पुरा गर्यो ।

अन्तिम ओभरमा भारतलाई जितका लागि १६ रन आवश्यक थियो । मोहम्मद नवाजले पहिलो तीन बलमा एक विकेट लिँदै ३ रन मात्र दिएका थिए । तर, अन्तिम तीन बलमा उनले आफ्नो लय गुमाउन पुगे । चौंथो बलमा नोबलसहित छक्का हुनु नै म्याचको टर्निङ प्वाइन्ट रह्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै