180
Shares
चिनियाँ राष्ट्रपति सी जिनपिङको विरोधमा चर्को प्रदर्शन भइरहेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको जारी २०औँ अधिवेशनमार्फत तेस्रो कार्यकालका लागि तयारी गरिरहेका सी जिनपिङको चीनलगायत विश्वका अन्य मुलुकमा प्रदर्शन भएको हो ।
कोभिड नियन्त्रणका निम्ति सीले अघि सारेको ‘शून्य कोभिड नीति’ तथा कडा प्रतिबन्धका कारण सी पूर्ण नेतृत्वमा आउन नहुने प्रदर्शनकारीहरुको माग रहेको छ ।
ब्लुमबर्गको रिपोर्टअनुसार चीनमा हाल भौतिक रुपमा मात्र नभएर सामाजिक सञ्जालको प्रयोग गरेरसमेत सीको विरोध गरिरहेको छ ।अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान र अन्यत्र २०० भन्दा बढी विश्वविद्यालयमा पनि सी जिनपिङको विरोधमा नारा लगाइएको ब्लुमबर्गको रिपोर्टले जनाएको छ ।