zoom cloud meeting app download for windows 10 64 bit join a zoom meeting online with meeting zoom error code 5003 windows 11 - zoom error code 5003 windows 11 zoom download windows app www.zoom.app download zoom 2 font free download download zoom meeting desktop

श्रीराम सुगर मिल्सले चैत मसान्त भित्र उखु किसानको भुक्तानी दिने सहमती

   ८ चैत्र २०७७, आईतवार १६:४५  

रौतहट, ८ चैत । श्रीराम सुगर मिल्स संग किसानहरुको बक्यौता रहेको रकम चैत मसान्त भित्र लिन आउन आह्वान गरेको छ ।
रौतहट जिल्लाको गरुडा नगरपालिकामा रहेको श्रीराम सुगर मिल्स बन्द भएको झण्डै दुई बर्ष वितिसक्दा पनि अझै उखु किसानहरुको भुक्तानी लिन बाँकी रहेको हुँदा आईतवार जिल्ला प्रशासन कार्यालय गौरमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको मिल्सको प्रतिनिधि र किसानको प्रतिनिधिहरु विच लिखित सहमती भई चैत मसान्त भित्र भुक्तानी लिन आहवान गर्ने निर्णय गरिएको हो ।


दुई बर्ष अघि मिल्स बन्द हुँदा किसानहरुको झण्डै ४० करोड भन्दा बढि रकम लिनुपर्ने भएपनि पछिल्लो विभिन्न चरणमा गरेर ३७ करोड रकम भुक्तानी दिइसकेपनि अझै ३ करोड २३ लाख ७५ हजार चार सय १६ रुपैया भुक्तानी गर्न बाँकी रहेको हुँदा बक्यौता रकम भुक्तान गर्न श्रीराम सुगर मिल्स संचालक पक्षबाट भुक्तानी दिने अनाकानी गरिरहेको अवस्थमा आजै भएको सम्झौता अनुसार चैत्र मसान्त भित्र आफ्नो वाँकी रहेको रकमको भुक्तानी लिन आउन आहवान गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।


प्रजिअ यादवको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा श्रीराम सुगर मिल्स र उखु उत्पादक संघको जिल्ला अध्यक्ष अशोक यदाव सहितको त्रिपक्षिय पदाधिकारीहरु विच ५ बुंदे निर्णय भएका छन् । बक्यौता रकम भुक्तानी लिन चैत्र मसान्त भित्र श्रीराम सुगर मिल्समा आउने आवहान गरिने, चैत्र मसान्त भित्र नआउने कृषकले आर्थिक वर्ष २०७७÷७८ मसान्त सम्म दावी गर्न सकिने छ, सो दावी बमोजिमको भुक्तानी सुगर मिल्सले पाक्षिक रुपमा भुक्तानी गरिने बताए ।
समयमा भुक्तानी लिन आउन नसकेका किसानहरुको हकमा भुक्तानी बाँकी रहेको तर कुनै कारणवस आउन नसकेको पछि आएमा उक्त रकम अरुलाई भुक्तानी नदिने गरी जिल्ला प्रशासन कार्यालय रौतहटले बैँक खाता रोक्का राख्ने निर्णय गरिएको प्रजिअ यादवले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै