चन्द्रपुर (रौतहट), १० कार्तिक । रौतहट निर्वाचन क्षेत्र नम्वर ४ मा प्रतिनिधि सभा तर्फ सत्तारुढ दलको तर्फबाट नेपाली काँग्रेसका युवा उम्मेदवार देवप्रसाद तिमलसिनाको पक्षमा जनताहरुको झुकाव बढ्दै गएको छ ।
दोश्रो पटक प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली काँग्रेसको टिकटबाट चुनावी मैदानमा होमिनु भएका तिमलसिना जनताहरुको हृदय जित्न हरेक सम्भव प्रयासरत रहेको हो । उनको र गठबन्धनको अथक मेहनेतको कारण जनताहरु माझ उनी बस्दै गएको हुँदा उनको जित्ने सम्भावना बढेर गएका छन् । निवर्तमान साँसद समेत रहनु भएका तिमलसिना जनताहरुको काम काजमा कुनै पार्टीगत विभेद नराखी जुनसुकै कामको लागि सधै तयार रहने तथा हर सम्भव उनीहरुको कामकाज गराएर पठाउने लिडरलाई जनताहरु यसपाली पुन निर्वाचित गराउने अवस्थामा पुगेको बुझिएको छ ।
निर्वाचन क्षेत्रको विकास देखि लिएर युवाहरुको हर सम्भव प्रयास गरेर बजेट विनियोजन गराई लागि परेका तिमलसिनाको जित तर्फ उन्मुख हुँदै गएको छ । अझ निर्वाचन हुन झण्डै २४ दिन बाँकी रहेको हुँदा जनताहरुको मनोभावना परिवर्तन हुँदै तिमलसिनाको पक्षमा आउने प्रवल सम्भावना रहेको त्यस क्षेत्रका मतदाताहरु बताउँछन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन