चीनको वुहानमा कोभिड सङ्क्रमण देखापरेपछि ९ लाख मानिसलाई घरमै बस्न निर्देशन

161 Shares

वेइजिंग । चीनको वुहान प्रान्तको एक जिल्लामा कोभिड १९ का संक्रमण देखापरेपछि त्यहाँका स्थानीय बासिन्दाहरुलाई घर बाहिर न निस्कन सरकारले चेतावनी दिएको छ ।
चीनको वुहानको हानयाङ जिल्लाका करिब नौ लाख बासिन्दाहरूलाई बुधबार देखि घरमै बस्न आदेश दिइएको छ नयाँ कोभिड–१९ का विरामीहरु भेटिएपछि, अधिकारीहरूले यस्तो निर्णय लागु गर्नुपर्ने बाध्य भएको हो ।
लकडाउन आइतबारसम्म जारी रहने बताइएको छ । यस अवधिमा सबै गैर–आवश्यक व्यवसायहरू बन्द रहनेछन्, तर सुपरमार्केट र फार्मेसीहरू सञ्चालनमा रहनेछन् । वुहानले मंगलबार समुदायमा १८ वटाकोभिड–१९ मामिलाहरू रेकर्ड गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार