अलपत्र अवस्थामा रहेको पुलको पुननिर्माण गराउन स्थानीय बासिन्दाद्धारा प्रजिअ माफत प्रधानमन्त्रीलाई ज्ञापन, चैत २२ गते देखि धर्नामा बस्ने चेतावनी

   ८ चैत्र २०७७, आईतवार १७:४६  

तराई टप संवाददाता
रौतहट, ८ चैत । रौतहटको गौर र इशनाथ नगरपालिकालाई जोड्न लाल बकैया नदीमा बर्षौ देखि अलपत्र अवस्थामा रहेको पुललाई पुन ः निर्माण कार्य संचालन गराउनुपर्ने माग राख्दै इशनाथ नगरपालिकाको जनताहरुद्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई आईतवार ज्ञापन पत्र बुझाएका छन् ।


इशनाथ नगरपालिकाको समाजसेवी एवं बयोवृद्ध मोहम्मद शलिमुल्लाह नेपालीको नेतृत्वमा वडाध्यक्ष विगु व्यास सहितका जनताहरुले जिल्ला प्रशासन कार्यायल गौरमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव संग भेटेर पुलको अभावमा बकैया पारीको जनताहरु भोग्दै आएको समस्यालाई चाँडै समाधान गराउनका निमित्त प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाइएका हुन् ।


तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाले २०७१ सालमा गौर र औरैया सडक खण्डमा पर्ने लाल बकैया नदीमा पक्कि पुलको शिलान्यास गरेका थिए । पप्पु कन्ट्रक्सनले ४ बर्षमा निर्माण कार्य पुरा गर्न सहमती जनाउदै लिखित सम्झौता गरेपनि ५ वटा पिलर खडा गरेर फरार भएपछि खोला पारी इशनाथ नगरपालिकाको जनताहरु सदरमुकाम गौर आउने निकै समस्या झेल्दै आउदा उक्त समस्या समाधान गर्न कुनै पनि निकायबाट ध्यान नदिदा बाँध्य भई स्थानीय जनताहरु प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाइएको इशनाथ नपा २ का वडाध्यक्ष विगु व्यासले जानकारी दिए ।
आउदो चैत २१ गते भित्र अलपत्र अवस्थामा रहेको पुलको निर्माण कार्य सुचारु नभएको खण्डमा चैत २२ गते देखि जिल्ला प्रशासन कार्यालय गौरमा धर्ना प्रदर्शनमा बस्ने समेत उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले इशनाथको जनताहरुद्धारा पुलको विषयमा ज्ञापन पत्र बुझाएको स्वीकार गर्दै उक्त पत्रलाई प्रधानमन्त्रीको कार्यालय र गृह मन्त्रालयमा पठाइएको जानकारी दिए । टिकुलिया घाटमा पुल बनाउनको लागि आफूबाट सक्दो सबै सकारात्मक सहयोग गर्ने बचन दिएपछि जनताहरु फर्किए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै