रेबन्त झा आखिर नेकपा एसमा किन प्रवेश गरेको होला ? आश्चर्य मान्नु पर्दैन

253 Shares

रौतहट, ११ कार्तिक । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि प्रतिनिधि सभा सदस्य पदमा रौतहट क्षेत्र नम्वर १ बाट स्वतन्त्र उम्मेदवार बनेका रेबन्त झा आखिर नेकपा एसमा किन प्रवेश गरेको होला ? भन्ने विषयमा आश्चर्य मान्नुपर्ने अवस्था छैनन् ।
स्वतन्त्र उम्मेदवार रेबन्त झाको वारेमा विगत एक बर्ष देखि जनता समाजवादी पार्टी परित्याग गरेर नेकपा एसमा प्रवेश गर्ने हल्ला चलिरहेका थिए तर राम्रो साइत नहुँदा पार्टी प्रवेश भईरहेका थिएनन् ।
प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी स्वतन्त्र रुपमा दिएपछि उनी कता जाने हो भने समेत अडकलबाजी गरिएको थिएन तर जे भएपनि सत्तारुढ गठबन्धनको लागि उनको नेकपा एसमा प्रवेश पछि थप बल एवं मद्दत पुगेको कतिपय राजनीतिक विश्लेशकहरु बताउँछन् ।
कुनै समयमा नेकपा एसका अध्यक्ष तथा तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको अति निकट रहेका झा मधेश आन्दोलनको समयमा एमाले परित्याग गरेर राजपामा प्रवेश गरेर मधेशी पार्टीमा लागे । राजपा पछि गएर दुई टुक्रामा विभाजित हुन पुगे । जसपा र लोसपा पार्टी बन्यो । झा उपेन्द्र यादव नेतृत्वको जसपा तिर लागे । तर जसपामा जातिगत बर्चस्वका कारण कहिल्यै पनि अवसर पाएनन् । यसपाली प्रदेश सभामा टिकट पाउने पार्टीबाट आश्वासन पाएपनि टिकट नदिदा उनी रौतहट १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएर जसपाबाट वगावत गरे ।
मनोनयन पत्र दर्ता गरेको १८ औं दिनमा नेकपा एसको अध्यक्ष नेपाल संग टिका लगाएर पार्टी प्रवेश गरेर सबैलाई झाले चकित बनाए । झा विगत २८ बर्षको राजनीतिक यात्रामा पुन ः कम्युनिष्ट पार्टीबाट सुरु गरेको छ । जे भएपनि संचार उद्यमी झा नेकपा एसमा प्रवेशबाट सत्तारुढ गठबन्धनको लागि राजनीति फायदा भएको बुझिन सकिन्छ । स्वतन्त्र उम्मेदवार झाले आफनो उम्मेदवारी कानुनी हिसावले फिर्ता हुन सक्ने अवस्था नरहेको हुँदा उम्मेदवारी निष्कृय भएको र नेता नेपाललाई सघाउने प्रतिबद्धता उनले जनाए । झाको निजी निवासमा विहिवार माधवकुमार नेपालले उनलाई जसपा परित्याग गराएर एसमा प्रवेश गराएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार