hack zoom app download remove host zoom 5.6.4 download zoom code finder.exe download zoom 5.6.5 download cannot connect to zoom on laptop - cannot connect to zoom on laptop download zoom on windows

विश्व कपमा पाकिस्तानको लज्जास्पद हार पछि जिम्बाब्बेको राष्ट्रपतिको ठट्टा

   १२ कार्तिक २०७९, शनिबार ०७:३६  

हरारे । टि—२० विश्वकप २०२२ मा जिम्बाब्वेले पाकिस्तानलाई अन्तिम बलमा १ रनबाट पराजित गरेपछि जिम्बाब्वेका राष्ट्रपति इमर्सन डम्बुडजो मनाङ्गाग्वाले ट्वीट गरेर पाकिस्तानलाई वेइजजती हुने गरी ठट्टा गरेको छ ।
उनले यसरी ट्वीट गरे “कस्तो जित…शेभरन्सलाई बधाई…अर्को पटक, वास्तविक मिस्टर बीन पठाउनुहोस् ।“
यो सामाजिक सञ्जालमा ’फ्राड पाक मिस्टर बीन’ ट्रेन्ड भएपछि आएको हो । पाकिस्तानले सन् २०१६ मा हरारेमा भएको एक कार्यक्रममा मिस्टर बीनको नक्कल गर्ने हास्य कलाकार मोहम्मद आसिफलाई पठाएर जिम्बाब्बेको नागरिक संग धोखाधडी गरेका थिए । त्यसै विषयलाई लिएर यस प्रकारको ट्वीट उनले गरे ।
पाकिस्तान जिम्बाब्बे विच हुने खेलको १ दिन अघि जिम्बाब्बेका एक क्रिकेट प्रशंसकले ट्वीट गरेका थिए कि पाकिस्तानीहरु अल्लाह संग प्रार्थना गरोस कि पानी परिहालोस नत्र पानी परेन भने जिम्बाब्बेको हातबाट पराजित हुनबाट कसैले रोक्न सक्दैन । तर पाकिस्तान जिम्बाब्बे संग १ रनबाट पराजित हुँदा पाकिस्तानमा अहिले सम्मको सबैभन्दा बढि टेलिभिजनको स्क्रीन फुटाइएको तथा देशभरी पाकिस्तान खेलाडी, सेलेक्टरको बेइज्जती भईरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै