दार्चुलामा भएको दुखद घटनामा परेर मृत्यु भएका बालकको परिवारलाई निर्माण कम्पनीले राहत उपलब्ध गराए

260 Shares

दार्चुला । दार्चुला जिल्लाको व्याँस गाउँपालिकामा बाटो हिडिरहेको बालकलाई अकस्मात ढुंगा लाग्दा उनको घटना स्थलमै मृत्यु भएका थिए । घटना कसबाट भयो होला ? किन भएको होला ? बास्तविकता बझ्दै जाँदा भारतीय निर्माण कम्पनीले भारतीय क्षेत्रमा सडक चौडा गर्ने क्रममा पहाड फोड्न विस्फोट पदार्थ प्रयोग गर्दा उछिटिएर बालकलाई लागेको थियो ।
पहाडमा विस्फोटक पदार्थ लगाएर फुटाउनु अघि सिटि बजाइएका थिए पहाडको ओटको कारण नसुनिएको पनि होला ? त्यही कारण महाकालीको बगर भएर हिडिरहेका एक बालकलाई ढुंगा उछिटिएर लाग्दा दुखद घटना हुन पुगेका थिए ।
दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर २ दुम्लीङका ९ वर्षीया पवन महराको परिवारलाई भारतीय निर्माण कम्पनिले १६ लाख नेपाली रुपौया दिएको छ । आईतवार भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली जनप्रतिनिधिबीच सो रकम उपलब्ध गराउने सहमति भएको हो । भारतीय सडक निर्माण कम्पनी गर्ग एण्ड गर्ग का प्रतिनिधिले पीडित परिवारलाई नगद रकम हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । त्यस्तो घटना नघटनु पर्न हो भैहाल्यो भारतीय निर्माण कम्पनिले जानेर नभएर अचानक दुर्घटना भएको स्थानिय हरुले बताएका छन् । भारतीय निर्माण कम्पनिले क्षतिपुर्ति दिएकोले पिडित परिवारको थोरै भएपनि सहरा मिलेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनु भयो ।

दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदी पारीको भारतीय क्षेत्रमा गत शुक्रबार बिहान सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुङ्गाले लागेर स्थानीय नेपाली बालक नौ वर्षीय पवन महराको ज्यान गएको थियो । महरा महाकाली किनारमा नेपाली क्षेत्रमा बुबा, आमा, दिदी र भाइहरुका साथमा हिँडिरहेका बेला उक्त घटना भएको हो । “हामी महाकाली किनार हुँदै घर फर्किदै थियौँ, एक्कासी ढुङ्गाले लागेर छोरोको घटनास्थलमै ज्यान गयो”, मृतक बालकका बुबा हिक्मतले भने, “घटनामा छोरी सरिना पनि घाइते भएकी छिन ।” उनको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

मृतक बालकका बुबा हिक्मतका अनुसार शनिबार राति भारतको धारचुलास्थित सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा निर्माण कम्पनीले नगद रकम हस्तान्तरण गरेको हो । भारतीय पक्षसित क्षतिपूर्तिका लागि शनिबार दिनभर छलफल भएको थियो । छलफलमा ब्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामी, वडा नम्बर २ का वडाध्यक्ष धीरन बुढाथोकीलगाययत जनप्रतिनिधि सहभागी रहेको हिक्मतले जानकारी दिए । “उपलब्ध रकम अरु सन्तानलाई पढाउन खर्च गर्छु”, उनले भन । घटनापछि भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति गरेको हो ।

मृतक बालक महरा दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए । महरा परिवार दसैँ तिहारको बिदामा गाईवस्तु तथा भेडाबाख्रा चराउन लेक उक्लिएको थियो । यही कात्तिक १४ गते विद्यालय खुल्ने भएपछि उनीहरु गाउँ फर्किँदै थिए । भारतीय सडक निर्माण कम्पनी गर्ग एण्ड गर्गले भारतीय क्षेत्रमा हाल सडक चौडा बनाउँदै छ । भारतीय पक्ष द्धारा पनि मृतक परिवारलाई दुख व्यक्त गर्दै पिडित परिवारलाई जति सक्दो राहत रकम उपलब्ध गराउनमा भारतीय पक्षको सकारात्मक सहयोग भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।