दार्चुला घटना प्रति सम्बेदनशिल, सहमतीमा ल्याएर पिडित परिवारलाई राहत दिने सहमती

262 Shares

दार्चुला । सडक चौडिकरणको काम गर्दै गर्दा ढुंगा उछिटिएर दुखद घटना भएको विषयलाई लिएर नेपाली र भारतीय पक्ष गम्भीर भएर चाँडै समस्याको समाधान गरेर दुवै पक्ष विच शान्ति र सौहाद्पूर्णृ वातावरणको सृजना गरिएको छ ।
घटना भएको थोरै समय भित्र घटनालाई अन्य राजनीतिक रंग दिनु अघि दुबै पक्षका अधिकारीहरु गम्भीर भई समस्यालाई समाधान गरेको हो ।

सडक निर्माणका क्रममा विष्फोट गराउँदा उछिट्टिएर आएको ढुंगाले लागेर मृत्यु भएका दार्चुलाका ९ वर्षीय बालक पवन महराको परिवारलाई भारतीय पक्षले क्षतिपूर्ति दिने भएको छ।
भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार्दै मृतकका परिवारलाई क्षतिपूर्ति स्वरूप १६ लाख नेपाली रुपैयाँ दिने भएको हो।शनिबार दिनभर मृतकका परिवार र कम्पनीबीच छलफल भएपछि उनीहरूबीच यस्तो सहमति जुटेको हो।
छलफलका क्रममा भारतीय सडक निर्माण कम्पनीले शुक्रबार भएको घटनामा आफ्नो गल्ती भएको स्वीकार गरेको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययका अनुसार शनिबार दिनभर भएको छलफलबाट सहमति जुटेसँगै अब बालकको पोष्टमार्टम गरिने छ। पोष्टमार्टमका लागि शुक्रबार राति नै शव जिल्ला अस्पताल दार्चुलामा ल्याइएको छ। भारतले तावाघाट–लिपुलेक सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर व्यास गाउँपालिका–२, दुम्लिङ अरतौलीका ९ वर्षीय बालक महराको शुक्रबार मृत्यु भएको थियो।
तम्बाकुनजिक थी खर्कबाट फर्कने क्रममा साढे ११ बजे पारिबाट आएको ढुंगा लागेर पवनको ज्यान गएको बुबा हिक्मत महराले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।