नेपाली काँग्रेस संकल्प पत्रमा जनजीविकाको सवाललाई सम्बोधन गर्दै आकर्षक योजनाहरुलाई प्राथमिकता

248 Shares

नेपाली काँग्रेसले आफनो घोषणा पत्रमा जनजिविकाको सवाललाई सम्बोधन गर्दै विभिन्न योजनाहरु ल्याउने प्रतिबद्धता जनाउदै निशुल्क उपचारलाई प्राथमिकता दिएको छ ।
यसअघि गगन थापा स्वास्थ्यमन्त्री हुँदा मुटु, कलेजो, मिर्गौला डायलासिस जस्ता थुप्रै रोगको परीक्षण र उपचार निशुल्क गरेको काँग्रेसले आगामी दिनमा पुरै रोगमा निशुल्क परीक्षण तथा उपचार दिने योजनालाई प्रमुख प्राथमिकता दिदै अघि सारेको हो ।

यसअघि गगन थापा स्वास्थ्यमन्त्री हुँदा मुटु, कलेजाे, मिर्गौला डायलासिसजस्ता थुप्रै राेगकाे परीक्षण र उपचार निशुल्क गरेकाे काँग्रेसले आगामी दिनमा पुरै राेगमा निशुल्क परीक्षण तथा उपचार दिने याेजना अघि सारेकाे हाे । 

शनिबार केन्द्रीय कार्यालय सानेपाबाट सभापति शेरबहादुर देउवाले सार्वजनिक गरेकाे घाेषणापत्र (संकल्पपत्र)मा ५ वर्षभित्र सबै नागरिकको ‘स्वास्थ्य बिमा र बिमा मार्फत् गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गरिने उल्लेख छ । 

संकल्पपत्रमा तीन वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरिने याेजना उल्लेख छ । बिमा रकमको दायरा बढाई १० लाख पुर्याउने कांग्रेसकाे संकल्प छ । 

५ वर्ष माथिका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बिमा गरिने पनि उल्लेख छ।  

एकीकृत स्वास्थ्य पूर्वाधार मापदण्ड अनुरूप पाँच वर्षभित्र स्वास्थ्य संस्था नभएका २६ सय वडामा आधारभूत स्वास्थ्य केन्द्र, सबै गाउँ, नगरपालिकामा विशेषज्ञ चिकित्सकसहितको प्राथमिक अस्पताल, सबै उपमहानगरपालिका र महानगरपालिकामा विशेषज्ञ सेवाहरू सहितको अस्पताल संचालन गरिने काँग्रेसकाे संकल्प छ । 

यस्ता छन् मुख्य संकल्प : 

-राष्ट्रिय गौरबका सबै निर्माणाधीन आयोजना सम्पन्न गर्ने,

-कोखदेखि शोकसम्मको एकीकृत सामाजिक सुरक्षा

-तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचार

-सुत्केरी भत्ता ५ हजार पुर्‍याउने

-ज्येष्ठ नागरिक भत्ता ६५ वर्ष

-६५ वर्षमाथिका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बीमा

-५० युनिटसम्म खपत गर्नेलाई बिजुली निःशुल्क

-कृषि मल कारखानाको स्थापना

-१२ लाख ५० हजार नयाँ रोजगारी

-आधा घण्टाभित्र पक्की सडकमा पुग्ने जनसंख्या ७५%

-सुरक्षित घरमा बस्ने परिवार संख्या ५५%

-विद्युतीय उर्जाको उत्पादन १० हजार मेगावाट

– ४ सय केभीको पूर्वपश्चिम प्रसारण लाइन सम्पन्न

-बार्षिक २० लाख पर्यटक

-दैनिक पर्यटक खर्च १ सय डलर 

– तरकारी, फलफूल, माछा मासु, दूध, मसला र औद्योगिक बालीमा आत्मनिर्भर

– विद्युतीय सवारी साधन र चुलको प्रयोग ५०% 

-सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पहुँच

-‘एक घर एक धारा’ कार्यक्रम यसै दशकभित्र सम्पन्न गर्ने लगायत ।

प्रतिक्रिया

सम्बन्धित समाचार