वम विस्फोटनमा परेर घाँस काटिरहेकी ३५ बर्षिया महिला घाईते

   ९ चैत्र २०७७, सोमबार १९:५८  

तराई टप संवाददाता
रौतहट, ९ चैत । रौतहट सर्लाहीको सिमा जोड्ने वागमती नदी पुर्व सर्लाही तर्फ सोमवार साँझ बेवारिसे वम विस्फोट हुँदा एक ३५ बर्षिया महिला घाईते भएकी छिन् ।
सर्लाहीको रामनगर गाउँपालिकाको खैरवा गाउँ नजिक आज साँझ ६ बजेको समयमा भएको वम विस्फोटनमा परेर रौतहटको माधवनारायण नगरपालिका वडा नम्वर ८ पिपरा रजवाडा गाउँको ३५ बर्षिया सुनिता देवी घाईते भएको बुझिएको छ । वागमती नदी पारी खेतमा घाँस काटिरहेको अवस्थामा बेवारिसे वम विस्फोट हुँदा सुनिताको दाहिने हातको दुई औलामा घाउ लागेपछि निजलाई तत्कालै उपचारको लागि जिल्ला अस्पताल गौरमा उपचार भईरहेको प्रहरी श्रोतबाट बुझिएको हो ।
सर्लाही प्रहरीको प्रवक्ता एवं डिएसपी मदन कुवरले घटना भएको स्वीकार गर्दै घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको बताए । घाईते महिलालाई उपचारको लागि रौतहट तर्फ लगिएको जानकारी दिदै वम कसले राखेको हो वा वेवारिसे हो सोवारे अनुसन्धान पछि केही जानकारी दिने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै