जेनेभा [स्विजरल्याण्ड] : विश्व सिन्धी कांग्रेस (डब्लुएससी) ले बिहीबार मानव अधिकार परिषद्को ५१औँ अधिवेशनको क्रममा जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालय अगाडि ठूलो विरोध प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शनमा बलुचिस्तान र पाकिस्तान प्रशासित कश्मीरका निर्वासित नेताहरू र युरोपका विभिन्न देशका मानवअधिकार रक्षकहरू पनि सामेल भएका थिए।
वक्ताहरूले पाकिस्तानले ज बरज स्ती बेपत्ता, गैरन्यायिक ह त्या, धार्मिक अल्पसंख्यकहरूको उत्पीडन, लु टपा ट र उनीहरूको सम्पतीको कब्जा मार्फत सिन्धी, बलोच, कश्मीरी र पश्तून मानिसहरू विरुद्ध जघन्य अपराधहरू जारी राखेको भन्दै प्रदर्शन गरेका थिए ।
सिन्धले आफ्नो हजारौं वर्षको इतिहासमा सबैभन्दा खराब विनाशको सामना गररहेको र २० मिलियन भन्दा बढी मानिसहरूलाई असर गरेको बताँउदै पाकिस्तानी नेतृत्वको यस कदमले १० मिलियन भन्दा बढी घरबारविहीन भएको जनाएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन