चन्द्रपुर (रौतहट), १५ कार्तिक । रौतहट निर्वाचन क्षेत्र नम्वर ४ मा प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका उम्मेदवार देवप्रसाद तिमलसिना र ४ (क) बाट प्रदेश सभाका उम्मेदवार युवराज भटराई (समिर) यतिखेर मतदाताहरुलाई आफनो पक्षमा मत दिन घरदैलो अभियानलाई तिव्र बनाएको छ ।
सत्तारुढ गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार तिमलसिना र प्रदेश ४ क बाट माओवादीको उम्मेदवार भटराईले मतदाताहरुको घरदैलोमा यतिखेर गएर मत माग्ने कार्यक्रमलाई तिव्र बनाएको हो ।
मंगलवार विहानै देखि गठबन्धनका उम्मेदवार तिमलसिना र भटराई वृन्दावन नगरपालिकाको वडा नम्वर १ बलेरीका मतदाताहरुको घरदैलोमा पुगेर आशिर्वाद माग्नमा व्यस्त रहेको छन् । मतदाताहरु पनि तिमलसिना र भटराईको पक्षमा मतदान गर्ने आश्वसन दिएको छ ।
सत्तारुढ गठबन्धनको उम्मेदवारको पक्षमा रौतहटको क्षेत्र नम्वर ४ मा बढ्दो लोकप्रियतालाई देख्दा त्यस क्षेत्रमा गठबन्धनकै उम्मेदवार विजयी हुने सम्भावना बढेर गएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन