देवप्रसाद तिमलसिना रौतहट क्षेत्र नम्वर ४ को इतिहासलाई तोड्ला त ?

342 Shares

रौतहट, १५ कार्तिक । रौतहट जिल्लाको उत्तरी भेग अर्थात निर्वाचन क्षेत्र नम्वर ४ मा विगत २०४८ साल देखि लिएर अहिले सम्म कुनैपनि उम्मेदवार दोहर्याएर प्रतिनिधि सभामा चुनिएका छैनन् तर यसपाली उक्त इतिहास तोडिने भएका छन् ।
मंसिर ४ मा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका देवप्रसाद तिमलसिना र नेकपा एमालेका उम्मेदवार उद्धव रेग्मी विच प्रतिष्पधाका साथ चुनावी मैदानमा होमिएका हुन् ।
एकातर्फ लोकप्रियता, विकास प्रेमी, जनताहरुको लागि अहोरात्री खटिरहने, उक्त क्षेत्रको मुहार फेर्न सधै कटिबद्ध रहेका उम्मेदवार तिमलसिना र अर्को तर्फ २०५४ सालमा तत्कालिन चन्द्रपुर गाविसका अध्यक्ष भएर काम गरेको, एमालेको कुशल एवं अनुभवी नेताको रुपमा परिचित रहेका रेग्मी बिच प्रमुख प्रतिष्पर्धा रहेको छ ।
उक्त क्षेत्रमा विगत २०४८ साल देखि लिएर २०७४ साल सम्म ७ पटक प्रतिनिधि सभाको भएको निर्वाचनमा कुनैपनि उम्मेदवार दोहर्याएर निर्वाचित भएको छैनन् तर उक्त इतिहास यसपालीको निर्वाचनमा टुट्ने प्रवल सम्भावना रहेको छ, किनकी तिमलसिना दोहर्याएर निर्वाचित हुने अवस्था सृजना हुदै गएका छन् ।
प्रजातन्त्र पछिको पहिलो पटक २०४८ सालमा भएको निर्वाचनमा एमालेका डा बंशिधर मिश्र विजयी भएका थिए भने नेपाली काँग्रेसका उद्धव ढकाल पराजित भएका थिए । २०५१ सालको मध्यावधी निर्वाचनमा नेपाली काँग्रेसका उद्धव ढकाल विजयी भएका थिए भने एमालेका डा वंशीधर मिश्र पराजित भएको थियो ।
२०५५ सालमा नेकपा एमालेका उम्मेदवार माधवकुमार नेपाल विजयी भए भने नेपाली काँग्रेसका उद्धव ढकाल पराजित भएका थिए । नेपाल दुई स्थानबाट विजयी भएको हुँदा रौतहट निर्वाचन क्षेत्र नम्वर ४ लाई छाडेपछि २०५६ सालमा भएको उप निर्वाचनमा विपी पुत्र प्रकाश कोइराला विजयी भएका थिए भने एमालेका रामकुमार भटराई पराजित भएको थियो ।
२०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा माओवादीका उम्मेदवार देवेन्द्र पटेलले एमालेका चर्चित एवं वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै प्रतिनिधि सभामा निर्वाचित भएका थिए । यस्तै २०७० सालमा भएको दोश्रो संविधान सभाको निर्वाचनमा रामकुमार भटराई निर्वाचित भएका थिए भने नेपाली काँग्रेसका देव प्रसाद तिमलसिना पराजित हुन पुगेको थियो ।
२०७४ सालमा भएको संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको आम निर्वाचनमा नेपाली काँग्रेसका देवप्रसाद तिमलसिना विजयी भएका थिए भने एमालेका डा बंशीधर मिश्र पराजित भएको थियो । यी केही उदाहरण विगतको इतिहासले उक्त क्षेत्रमा अहिले सम्म दोहर्याएर विजयी भएको छैन् तर कुनैपनि रेकर्ड तोड्नका लागि हुन्छ, अहिलेको अवस्था बुझ्दै जाँदा यसपाली रेकर्ड टुट्नेमा नै बढि विश्वस्त रहेको बुझिएको छ ।
रेग्मी भन्दा तिमलसिना नरम स्वभाव, जनतामा घुलमिल गर्न सकिने, विकास विरोधी कार्यमा संलग्न नरहेको, जनताहरुको हरेक कार्यमा हरपल तयार रहने भएको हुँदा तथा माओवादी, नेकपा एस, लोसपाको गठबन्धन रहेको र उनीहरुको अथक मेहनतको कारण दोश्रो पटक तिमलसिना निर्वाचित हुनमा उक्त क्षेत्रको मतदाताहरु विश्वस्त रहेको स्थानीय सुमन कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार