बेइजिंग । बलिउडको मसहुर संगितकार एवं आधुनिक भारतका सौखिन व्यक्ति बप्पी लाहिरीद्धारा संगितबद्ध एवं स्वर दिइएको गीत जिम्मी जिम्मी, आजा आजा गीतलाई चिनियाँ नागरिकहरु चिनियाँ सरकार विरुद्ध विरोध प्रदर्शनमा प्रयोग गरिरहेको भिडियोहरु सार्वजनिक भएका छन् ।
कोभिड १९ को कारण चिनियाँ सरकारले लगाएको लकडउनको विरुद्धमा ‘जिम्मी जिमी’ चिनियाँ नागरिकले विरोधमा प्रयोग गरिरहेका हुन् । भाइरल भएका भिडियोहरूमा, गीतलाई मन्डारिन भाषामा “जिए मी, जी मी“ भनिन्छ, जसको अनुवाद “मलाई भात देऊ, मलाई भात देऊ“ भनिन्छ ।
लकडाउनका बेला अत्यावश्यक खाद्यवस्तुबाट कसरी बञ्चित भएका छन् भनेर मानिसहरूले भिडियो पोस्ट गरेर आफनो पीडा विश्व समुदाय समक्ष दर्शाएको छ । एका तिर विस्तारवादको नीतिमा हिडेका चिनियाँ सरकार अर्को तिर आफनै देशका जनताहरुलाई कोभिडको आडमा घर भित्र थन्काएर दुई छाक खान समेत अप्ठ्यारो अवस्थामा परेको कारण उक्त गीतबाट आफूमाथि भईरहेको पीडालाई दर्शाएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन