जसपाको असन्तुष्ट नेताहरुको कारण उपेन्द्र यादवलाई सकस

618 Shares

सप्तरी, १६ कार्तिक । मंसिर ४ मा हुने आम निर्वाचनको क्रममा पार्टीका योग्य एवं जनाधार भएका नेताहरुलाई टिकट नदिदा जनता समाजवादी पार्टी (जसपा) भित्र कार्यकर्ताको असंतुष्टिले अध्यक्ष उपेन्द्र यादवलाई चुनौती थपिदै गएको छ ।
मधेश विरोधी एमाले संग अपवित्र गठबन्धन गरी चुनावमा गएको तथा पार्टीका कतिपय जनाधार भएका नताहरुलाई पार्टीले टिकट नदिदा असन्तुष्ट नेता कार्यकर्ता आक्रोशित बनेपछि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार भएका यादवलाई चुनाव जित्न चुनौती थपिदै गएको हो ।
सत्ता र शक्तिका लागि आफ्नै विरोधी, मधेसी विरोधी शक्तिसँग हात मिलाउने, अप्राकृतिक सहकार्य गर्ने उनीे चुनावको मुखमा पनि यही रवैया देखाएपछि पार्टीका नेता कायकर्ता असन्तुष्ट बन्दै चुनावी गतिविधिबाट निष्क्रिय हुन थालेका छन् ।
एमालेलाई मधेसमा विरोधी पार्टीका चिनाएको उपेन्द्र आफै एमाले संग चुनावी गठबन्धन गरेकोले असंतुष्ट कार्यकर्ता भन्छन्, ‘नागरिकता विधेयक होस् वा मधेस आन्दोलनमा एमालेको भूमिकालाई लिएर मधेसी समुदाय असन्तुष्ट छ । त्यसमाथि सरकारमा हुँदा एमालेले जसपाका सांसद नै अपहरण गरेर पार्टी फुटाउने प्रयास गरेको थियो अहिले उनै संग जसपा गएको छ ।’
कुनैबेला जसपा पार्टीलाई फुटाउन केपी ओलीले षडयन्त्र गरेको कुरा जसपा बृत्तमा निकै चर्चाको विषय बनेको थियो । सांसद सुरेन्द्र यादवलाई एमाले नेता महेश बस्नेत र पूर्वआईजीपी सर्वेन्द्र खनालले आफूलाई अपहरण गरेर होटलमा बन्धन बनाएको र आफू कसैगरी फुत्किन बाध्य भएको बताएका थिए । स्वयं उपेन्द्रले पनि एमालेले आफ्नो सांसदलाई एमालेले अपहरण गरेको भन्दै आक्रोश पोखेका थिए । तर अहिले आफैले अपहरणकारी भनेको पार्टीसँग सहकार्य गरेपछि नेता कार्यकर्तामा असन्तुष्टि छाएको हो ।
आफ्नै नेता कार्यकर्ताको अपहरण गर्ने, मधेसको अवमूल्यन गर्ने शक्तिसँग चुनावमा गठबन्धन गरेको भन्दै धेरै नेता कार्यकर्ता निष्क्रिय बनेका छन् । पछिल्ला दिनमा कार्यकर्ताको परित्यागले जसपा जिल्ला नेतृत्व र स्वयं उपेन्द्रलाई चिन्तित बनाएको नेताहरु बताउँछन् । अर्कोतिर मधेस विरोधी छवि भएको दलसँग सहकार्य गरेका उपेन्द्रले आफ्नै क्षेत्रमा एमालेको ९बागी उठ्नु०साथ नपाउनुले पनि कार्यकर्तामा निराशा छाएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।