रात्री बसले मोटरसाइकललाई ठक्कर दिदा चालकको मृत्यु १ घाइते

825 Shares

तराई टप संवाददाता
रौतहट, ९ चैत । रौतहटको चन्द्रपुर नगरपालिका अन्तर्गत पर्ने वागमती नजिक आईतवार राति यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
पुर्व पश्चिाम राजमार्ग अन्तर्गत पर्ने चन्द्रपुर नपा १ वागमती बजारमा आईतवार राति ९ बजेको समयमा ग.१ख ६४४७ नम्वरको यात्रुबाहक रात्रि बसले विपरित दिशाबाट आउदै गरेको प्रदेश नम्वर २ ०३ ०११ प ७८७९ नम्वरको मोटरसाइलकलाई ठक्कर दिदा मोटरसाइकल चालक सोही वडाका ३४ बर्षिय कुमार लुंगेलीको मृत्यु भएका हुन् ।
मोटरसाइकलमा पछाडी बसेका सोही स्थानका २७ बर्षिय जयबहादुर दर्लामीको गम्भीर घाईत भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकलमा सवार दुवै जना अचेत भएपछि तत्कालै चन्द्रपुर अस्पताल प्रालीमा लगिदा लुंगेलीलाई मृत घोषित गरे भने अर्काको उपचार पछि थप उपचारको लागि काठमाण्डौ पठाइएको डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।
बस र बस चालक सुनसरी जिल्लको बराह नगरपालिका वडा नं. ८ वस्ने ३७ बर्षिय युवराज आचार्यलाई ईलाका प्रहरी कार्यालय चन्द्रपुरको न्यायीक हिरासतमा राखि अनुसन्धान भईरहेको समेत उनले भने ।

सम्बन्धित समाचार