रौतहट, १६ कार्तिक । मंसिर ४ मा हुन गईरहेको निर्वाचनको क्रममा उम्मेदवारहरु निर्वाचन आचार संहिताको खुलेआम धज्जी उदाउदा पनि निर्वाचन आचार संहिताको पालना गराउने निकाय मुकदर्शक बनेका छन् ।
निर्वाचन आयोगमा राष्ट्रिय दलहरुले आचार संहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएपनि निर्वाचन प्रचार प्रसारको क्रममा खुलेआम आचार संहिताको धज्जी उडाउदै गर्दा पनि आचार संहिताको अनुगमन गर्ने पदाधिकारीहरु सदरमुकाममै केन्द्रीत भएर बसेको हुँदा आचर संहिताको पालना गराउन नसक्नु निकै विडम्बना रहेका हुन् ।
राष्ट्रिय पार्टी होस वा क्षेत्रिय पार्टी होस सबै दल आचार संहितालाई पालना गरेको रौतहटमा अवस्था छैनन् । निर्वाचन आयोगले एक रंगको पोष्टर, राख्नु पर्नेमा रंगीविरंगी छापिएको छ्यापछ्याप्ती बजारमा घरका भित्ताहरु पोष्टरहरु टाँसिएको छ । ठूलठूला ब्यानरहरु झुण्डीएको छ, साउण्ड लगाएर माइकिंग भईरहेको छ तर अहिले सम्म कुनैपनि दललाई आचार संहिताको पालना किन गरिएन भनेर स्पष्टीकरण सोधिएको अवस्था नरहदा दलहरु खुलेआम उलंघन गर्दै प्रचारप्रसारमा लागि परेका छन् ।
घरदैलो कार्यक्रममा ३५÷४० जनाको जमातमा गएर मत माग्ने कार्य भईरहेको छ तर आचार संहिताको पालना गराउने तथा अनुगमन गर्ने पदाधिकारीहरु सदरमुकाममै सिमित हुँदा दलहरु उलंघन गर्नु स्वभाविकै हो एक जना मतदाताले निर्वाचन आयोग निरीह सावित भएको बताउँछन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडीनै उम्मेदवार दिएको केही दिन देखि झुण्डयाइएको व्यानर, पोष्टरहरु यथावतै रहेको छ । कार्तिक १७ गते देखि आचार संहिताको पालना गराउनु पर्छ भनेर दल र सोका प्रतिनिधि र सुरक्षा निकाय विच कोठे बैठक अर्थपूर्ण नरहेको एक जना निर्वाचन कार्यालयका पुर्व पदाधिकारी बताउँछन् ।