निर्वाचन प्रयोजनका लागि भारत सरकारले नेपाललाई २०० वटा सवारी सधान उपहार दिए

279 Shares

काठमाडौं । असल छिमेकीको कत्तव्र्य निर्वाह गर्दै भारत सरकारले मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मध्य नजर राख्दै नेपाललाई २०० सवारी साधन उपहार स्वरुप प्रदान गरेको छ ।
निर्वाचनको महापर्वमा नेपालमा सवारी साधनको समस्या भईरहेको अवस्थामा भारतद्धारा एक असल मित्रको धर्म निर्वाह गर्दै नेपाली सरकारलाई २०० वटा सवारी साधन उपलब्ध गराएर ठूलो सहयोग पुर्याएको हो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई दिन अघि आयोजित एक कार्यक्रम बीच अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरे ।
उपलब्ध गराइएको सवारीसाधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउने विश्वास भारतीय सरकारले लिएको बताइएको छ। नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी सवारीसाधन चुनावका दौरान प्रयोग गरिने जनाईएको छ । जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् । यी सवारीसाधनको हस्तान्तरणले नेपालभर रहेका विभिन्न संस्थाको ढुवानी एवम् सुसञ्चालन प्रबन्धलाई थप व्यवस्थित बनाई निर्वाचनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सघाउ पुर्याउने पनि दूतावासको भनाई छ ।
अर्थमन्त्री शर्माले यी सवारीसाधन लगायत विकास साझेदारीको रुपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिए । नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउदै आएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २००० वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हाल सम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन उपहार स्वरुप प्रदान गरिसकेको छ । भारत र नेपालबीच बहुपक्षीय एवम् बहुआयामिक विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यी सवारीसाधनको हस्तान्तरणले जनता जनताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भारत सरकारले पुर्याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको पनि दूतावासको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार