जसपा अध्यक्ष उपेन्द्र यादव माथि बढ्दै जनआक्रोश

302 Shares

जसपाका अध्यक्ष उपेन्द्र यादवमाथि मधेसमा जनआक्रोश देखिएको छ । खासगरी सामाजिक सञ्जालमा उनलाई थरीथरीको आक्षेप लागेको छ । सप्तरी २ मा उम्मेदवार बनेसँगै सामाजिक सञ्जालमा सक्रिय उपेन्द्रले मधेसी विरोधी पहिचान बनाएको एमालेसँग चुनावी तालमेल गरेपछि मधेसमा असन्तुष्टिका स्वर बढेका छन् । जसपाभित्रै निराशा पैदा भएको छ ।

यसैक्रममा उपेन्द्रले फेसबुकमा संघीयता विफल पार्न र उपेक्षित उत्पीडित समुदायको पहिचान खोस्ने प्रयास भइरहेकोले यसपालि जसपाका उम्मेदवारहरुलाई जिताएर संघीयता, पहिचान, स्वाभिमान र समानता पक्षधरहरुलाई आफ्नो ताकत देखाउन गरेको आह्वानमा चर्को जनआक्रोश देखिएको छ । संघीय र संविधान विरोधी शक्ति एमालेसँग सहकार्य गरेर यो आह्वान गरेर दोगलापन देखाएको भन्दै समर्थकहरु आक्रोशित बनेका हुन् ।

फेसबुकमा मेक योन्जन तामाङले उपेन्द्रलाई संघीयता समावेशी पहिचान विरोधी असली विरोधी भनेर कमेन्ट गरेका छन् । हुकुम सिंहले लेखेका छन्, ‘एमालेसँग गठबन्धन गरेर ठूलो भाग खोज्न गएको उपेन्द्रलाई अब सीके राउतले धुलो चटाउँछ । मदन कुमार अधिकारीले ओलीको नौटंकीको साझेदार बनेकाले जनताले दण्डित गर्ने उल्लेख गरेका छन् । दीपक मेहताले विकास विरोधी पार्टी जसपालाई हारको शुभकामना दिएका छन् । नभरतन साहले मधेस बेचुवा भनि आक्रोश पोखेका छन् ।

श्रवनकुमार यादवले मधेश प्रदेशलाई मिनी पाकिस्तान र मात्र मस्जिद मदरसा बनाउनको लागि जसपालाई भोट दिनुहोला भन्दै व्यंग्य गरेका छन् । विद्या इसारले मधेस बचाउन यो दलाल नेतालाई हराउ, जय मधेस जय स्वराज भनेका छन् । प्रदीप साहले उपेन्द्र हटाउ, मधेस बचाउ लेखेका छन् । रामविलास चौधरीले निर्वाचित भएपछि गाउँबाट हराउने नेताहरुलाई चुनावमा हराउनु पर्छ । किनकि यीनीहरु ठग र भ्रष्टाचारी हुन भनेर आक्रोश पोखेका छन् । होम राई लेख्छन्, ‘मधेसको अभिसाप दुर्भाग्य नै उपेन्द्र हुन् ।

नरेन्द्र साहले जसपा पार्टी मुर्दावाद भनेर लेखेका छन् । जानकी जानकीले लेखेकी छन्, ‘अस्ति सम्म एमाले प्रतिगामी हुने, उ बाट लोकतन्त्र खतरामा देख्नेको अहिले रातारात के भयो र प्रतिगामी एमाले संग सांठगांठ गर्न पुग्नु भयो ? जनता बुझ्न चाहान्छन र तपाई लाखा लगाउन पनि चाहान्छन ।‘ रामु भण्डारीले लेखेकी छन्, ‘मधेस का जनताहरू फेरिपन भुलाउन र झुक्क्याउन आउँदैछन् । अब लालीपपमा न भुल्नु होला । रूनु पर्ला ।‘ विवेक शर्राफले लेखेका छन्, ‘हार निश्चित छ । मूल्यांकन गर्दा पहिलाको जसपा यसपालि कमजोर र अल्पमतमा सीमित हुनेछ । कारण अवसरवादी प्रवृत्ति हो ।

शेखर पोखरेलले लेखेका छन् ‘ओलिविरुद्ध औद्योगिक क्षेत्र घटना ताजा नै छ । फेरि उसैसंगको गठबन्धन लज्जास्पद छ । स्वार्थ अवसरबादिको कुर्सी सत्ताको लोभ लालच होइन र ? नयाँ स्वच्छ छबि आउनु राम्रो होला । अशोक लभ कर्णले यो मधेसी ठग हो भनेर लेखेका छन् । मनोज सिंहको आक्रोश छ, यो मधेसको ठूलो चोर हो ।’ सुस्मा चाम्लिङले देश बेचुवा चोर नेता भनेर आक्रोश पोखेकी छन् । एलके दासले मधेस बेचुवा र जातिवादको ठेकेदार भनेर आलोचना गरेका छन् । गंगाराम शाहले लात हानेर लखेट्नुपर्ने चोर नेतालाई भनेर लेखेका छन् ।

कृष्ण साहले दोग्ला भनेका छन् । सूर्य साहले जनता होइन तिम्रो जातीय आतंक र चम्चाहरुमात्रै साथमा छ भनेर जवाफ दिएका छन् । कमलकान्त जायसवालले अवसरवादी भनेका छन् । कमरोल हुडाले सोधेका छन्, ‘मधेशको नारा लगाउँदै आएको एमाले मधेसी बिरोधी सग गठबन्धन गरेको मधेशको कवछ लगाइ मधेशी लाई ठग्ने गरेको उपेन्द्र यादव नेतृत्वको को पार्टी लाई किन भोट दिने ?

अंकेश मण्डलले काला नागले झुटो बोलेको भन्दै आक्रोश पोखेका छन् । लिलाम्बर ललित साहले विकासमा झुटो दाबी गरेको भन्दै उपेन्द्रलाई सप्तरी निकाला गर्नुपर्ने माग गरेका छन् । सुरेन्द्र यादवले अनि फ़ेरि सताको लागि मधेस बिरोधी संग मिलेको भन्दै आक्रोश पोखेका छन् । अमन देउको आक्रोश छ, ‘चोर हो उपेन्द्र यादव जहिले मधेशीलाई ठगेको हो ।’ रामजी यादवले सत्तामा गएपछि सबै बिर्सिने भनेर लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार