काठमाडौं, १७ कार्तिक । करिब ३ साता भित्र भारतबाट ३० हजार मेट्रिक टन रासायनिक मल आउने भएको छ। । कृषि सामाग्री कम्पनी लिमिटेडका महाप्रबन्धक राजेन्द्र कार्कीले अबको ३ साताभित्र भारतबाट ३० हजार मेट्रिक टन युरिया मल आयात हुने जनाएका हुन् ।
नेपाल सरकार र भारत सरकारबीच भएको जीटूजी सम्झौताअनुसार उक्त परिमाणको युरिया मल आयात हुने भएको हो । कार्कीले जीटूजीमार्फत आउन लागेको मल गहुँ, उखु र मकैको खेतीमा प्रयोग हुने जानकारी दिए । नेपालमा मल ल्याउनका लागि भारततर्फको सरकारी राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीले जिम्मेवारी पाएको छ । यो कम्पनीले अबको १ महिना भित्रमा भारतबाट नेपालको बोर्डरदेखि २५ किलोमिटर भित्रसम्म रहेका गोदामसम्म मल ल्याइदिने छ ।
‘यसअघि भएको जीटूजीको तुलनामा यसपटक भएको सम्झौता उत्कृष्ट छ,’ कार्कीले भने, ‘यसअघि सम्झौता मात्रै हुन्थ्यो । यसपटक मल नै आउँछ ।’ कार्कीले विश्व बजारको तुलनामा भारतबाट आउन लागेको मलको मूल्य नै केही सस्तो रहेको जानकारी दिए ।
भारतबाट आउन लागेको मल प्रति मेट्रिक टन ७ सय ४२ अमेरिकी डलर खरिद मूल्य पर्छ । यो विश्व बजारको तुलनामा सस्तो रहेको लिमिटेडले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन