प्रचण्ड निवास पुगे अमेरिकी राजदूत, शिष्टाचार भेटघाट

317 Shares

काठमाडौं । नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको हो । 

भेटमा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको अध्यक्ष प्रचडको सचिवालयले जनाएको छ । भेटमा पूर्वप्रधानमन्त्री प्रचडले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सराहनीय रहेको बताए । 

उक्त अवसरमा राजदूत थम्पसनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरूको सहयोग निरन्तर रहने विश्वास दिलाए । उनले ७५ वर्षदेखिको नेपाल अमेरिकी सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाइ लिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार