कौडेना (सर्लाही), १७ कार्तिक । बर्षौ देखि हुलाकी राजमार्ग अलपत्र पारेर धुलो धुलाम्मको कारण सास्ती खेप्दै आएका सर्लाहीका बासिन्दाहरु आक्रोशित बन्दै “नो रोड, नो भोट” नारा लगाउदै विहिवार कौडेना बजारमा चक्का जाम गरेर विरोध प्रदर्शन गरेका छन् ।
पुर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत पर्ने सर्लाहीको कौडेना बजारमा निर्माण व्यवसायीले ग्रावेल गरेर त्यसै छाडेको कारण धुलो धुलाम्मेको कारण स्थानीय बासिन्दाहरुले पटक पटक त्यस क्षेत्रका नेता महेन्द्र राय यादव र राजेन्द्र महतो लगायतका नेताहरुलाई भन्दा भन्दै थकित भएपछि बाध्य भएर स्थानीयहरु “नो रोड, नो भोट” नारा घन्काउदै चक्का जाम गरेर विरोध प्रदर्शन गरेका हुन् ।
स्थानीयहरुद्धारा हुलाकी राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शनमा उत्रिदा स्थानीय प्रशासन तथा हुलाकी राजमार्ग आयोजना जनकपुरका प्रतिनिधि विच चाँडै बाटोको काम सुरु गर्ने शर्तमा विहिवार दिउसो १ बजेबाट अवरोध हटेर राजमार्ग सुचारी भएको स्थानीय बासिन्दा निरज यादवले जानकारी दिए ।
स्थानीय यादवका अनुसार अति व्यस्त सडकमा निर्माण कम्पनी र हुलाकी राजमार्गको जनकपुर कार्यालयको चरम लापरवाहीको कारण यस भेगाका बासिन्दाहरु धुलो धुलाम्मेको कारण अनाहकमा स्वस्थ्य मानिसहरु विरामी पर्दै आएको छ । सम्बध निकाय तथा यहाँ नेताहरुलाई पटक पटक भनेर आजिज भएपछि कुनै सिप नलाग्दा बाध्य भएर “नो रोड, नो भोट” नारा दिई सडक अवरुद्ध गर्नु परेको गुनासो उनले पोखे ।
हुलाकी राजमार्गको कारण पिडित बनेका स्थानीय बासिन्दाहरुलाई संघर्षमा उत्रिन युवाहरुको समुह अहिले सर्लाहीमा सक्रिय भएर उम्मेदवारहरुको ध्यानाकर्षण गराउदै संघर्षका कार्यक्रमहरु गर्दै आएको जानकारी दिदै यादवले भोली देखि काम सुचारु गरिएन भने संघर्षका कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्ने तथा निर्वाचन समेत बहिष्कार गर्ने सोको जिम्मेवार यहाँका नेताहरु हुने समेत चेतावनी उनले दिए ।
हुलाकी राजमार्ग जनकपुरको ध्यानाकर्षण
हुलाकी राजमार्ग आयोजना जनकपुरको प्रमुख कृष्णा महतोको अनुसार गत ६ बर्ष अघि सडक डिभिजनबाट ठेक्का भएका थिए, उक्त कार्य डिभिजन कार्यालयबाट प्रदेशमा सारियो तर एक बर्ष सम्म त्यही अलपत्र पर्दा पछि संघमा स्थानान्तरण हुँदै हुलाकी सडकको मातहतमा आएको बताए ।
हिन्दु, मैनठोकर, साह निर्माण सेवा जेभीले १५ किलोमिटर सडक बनाउन २५ करोडमा ठेक्का लिएका थिए । निर्माणकै क्रममा बोआलयर विस्फोट भएर १ कामदारको मृत्यु भएको र केही घाइते भएपछि काम अवरुद्ध भएका थिए । बर्षा र चाँडपर्वले गर्दा मजदुरको अभावमा काम हुन सकेको थिएन । भोली देखि काम सुचारु गर्नका निमित्त मजदुर सहितको निर्माण सामग्रीहरु साइटमा आइसकेको हुँदा स्थानीय बासिन्दाहरुलाई अलि धर्य राख्न उनले आग्रह गरे ।