प्रधानमन्त्री ओलीलाई नहटाए मुलुकले उन्मुक्ति पाउन नसक्ने ः नेका महामन्त्री कोइराला

   ११ चैत्र २०७७, बुधबार १९:१९  

तराई टप संवाददाता
रौतहट, ११ चैत । नेपाली काँग्रेसको महामन्त्री सशाँक कोइरालाले मुलुकमा ठूलो राजनितिक संकट खडा गरी अधिनायकबाद एवं सर्वसत्तावादको राजनिति गर्ने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नहटाए सम्म मुलुकले उन्मुक्ति पाउन नसक्ने बताउनु भएको छ ।
रौतहटको वृन्दावन नगरपालिकाको वरगजवामा नेपाल शिक्षक संघको प्रदेश नम्वर २ कार्य समितिको प्रतिनिधि सभाको बुधवार एक समारोहका विच उदघाटन गर्दै सर्वसत्तावादी, अहंकारवाद, अधिनायकवादी चरित्रबाट ओतप्रोत भई प्रधानमन्त्री ओली संविधानलाई कुठाराघात गरी हुकुमी शासन चलाउन खोजिरहेको गम्भीर आरोप लगाए । मुलुकलाई अस्थिरता, समृद्धि तर्फ उन्मुख गराउनका निमित्त ओलीलाई हटाउनु बाहेक अर्को कुनै विकल्प नरहेको प्रष्ट पारे ।
प्रतिगमनकारी कदम चालेर विगत दुई महिना देखि मुलुकलाई अनिर्णयको बन्दी बनाउने अधिनायकवादी सरकारलाई कुनैपनि हालतमा नेपाली काँग्रेसले साथ नदिने अडान राख्दै जनताको म्याण्डेड विपक्षमा रहेर मुलुकको सेवा गर्नु रहेको हुँदा हामी विपक्षी दलको भुमिका निर्वाह गर्ने प्रतिक्रिया जनाए ।
नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण एवं जगेर्ना गर्न नेपाली काँग्रेस जस्तो सुकै मूल्य चुकाउन तयार रहेको हुँदा कार्यकर्ताहरु संगठनलाई बलियो बनाएर जनताहरुको घर दैलो सम्म उनीहरुको चाहना माथि खरो उत्रिन समेत उनले आग्रह गरे ।
राजनितिक प्रतिशोधको कारण नेपाली काग्रेसको युवा नेता एवं रौतहटका धरोहर मोहम्मद आफताव आलमलाई फसाएको चर्चा गर्दै कुनै पनि हालतमा आलमलाई रिहा गराएर छाड्ने बताए । आलमलाई फसाएर विपक्षीहरु मजबुत हुने दिवास्वप्न नदेख्न चेतावनी दिदै महामन्त्री प्रमाणको आधारमा अदालतबाट न्याय सम्पादन हुने गरेको हुँदा आलम विरुद्ध ठोस प्रमाण नभएपनि राजनितिक आवरणमा उनलाई फसाइएको स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै