चीनले विश्वका ५४ देशमा विशेष प्रहरी स्टेसन सञ्चालन गरेको खुलासा भएको छ । अन्तर्राष्ट्रिय संस्थाहरुले गरेको अनुसन्धानमा बेलायत, जर्मनी, स्पेनसहित युरोपका विभिन्न देश र अन्य देशमा खुफिया काम गर्नेगरी प्रहरी युनिटहरु परिचालन गरेको खुलेको हो ।
खासगरी चिनियाँ मूलका विदेशी नागरिक, चीनबाट भागेर विदेशमा शरण लिइरहेका चिनियाँ नागरिकमाथि सुक्ष्म निगरानी गर्न र दबाब दिएर उनीहरुलाई स्वदेश फर्किन बाध्य पार्न, चीनमा रहेका परिवारका सदस्यमार्फत दबाब दिने काममा प्रहरी युनिटहरु परिचालन हुने गरेको रिपोर्टमा उल्लेख छ । चीन आफ्ना विदेशी नागरिकहरूको सम्बन्धमा कूटनीतिक मोर्चामा झन् आक्रामक बन्दै गएको स्थितिले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को नेतृत्व आफूप्रतिको कुनै पनि आलोचनाप्रति झनै असहिष्णु भएको देखाउँछ ।
अक्टोबरको मध्यमा राष्ट्रपति सी जिनपिङलाई लक्षित गर्ने नारा र प्लेकार्डको जवाफमा चिनियाँ कूटनीतिक कर्मचारीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि आक्रमण गरेको म्यानचेस्टर (बेलायत) को घटनाले चीनले आफ्नो शासन स्थिरताका लागि जे पनि गर्छ भन्ने देखाएको छ । हालै सीपीसीको २०औं महाधिवेशन सम्पन्न गरेको चीनले नेदरल्यान्ड्समा “प्रहरी स्टेशनहरू” राखेको रिपोर्टहरू सार्वजनिक भएको छ ।
विदेशमा जाने चिनियाँ नागरिकहरूको गतिविधिहरूको निरीक्षण र निगरानी गर्न यी स्टेशनहरुको प्रयोग भएको भनिएता पनि बास्तविकता भने अर्कै छ । यसअघि चीनले आर्टिफिसियल इन्टेलिजेन्स र अन्य प्रकारका उच्च प्रविधिको प्रयोग गरेर विदेशमा बसोबास गर्ने चिनियाँमाथि ट्याब राख्ने रिपोर्ट सार्वजनिक भएको थियो । चिनियाँ राज्यद्वारा विदेशमा बसोबास गर्ने उइगर मुस्लिमहरूको उत्पीडनको बारेमा वा तिब्बतको आन्दोलनका बारेमा भएका जनलहर र मुभमेन्टलाई नियन्त्रण गर्न चीनले यी कुराहरुको प्रयोग गर्दछ । नेदरल्यान्ड्सको पछिल्लो रिपोर्टले चिनियाँ गतिविधिमा आएको नयाँ आयामको प्रमाण दिन्छ ।
चीनले युरोप र अन्य ठाउँहरूमा प्रहरी स्टेशनहरू स्थापना गर्नु स्पष्ट रूपमा अवैध हो । प्रहरी चौकीहरूको स्थापनाका बारेमा स्पेनिस एनजीओ द्वारा अनुसन्धान र रिपोर्ट गरिएको थियो । सेफगार्ड डिफेन्डर्स इन्भेष्टमेन्ट (१२ सेप्टेम्बर २०२२) “११० ओभरसीज: चाइनिज ट्रान्सनेसनल पुलिसिंग गोन वाइल्ड” मा अप्रिल २०२१ र जुलाई २०२२ को बीचमा चिनियाँ प्रहरीले २ लाख ३० हजारलाई चीन फर्काउन सहजीकरण गरेको उल्लेख छ । फरार व्यक्तिहरूलाई “स्वैच्छिक रूपमा” चीन फर्काएको दाबी गरे पनि वास्तविकता भने फरक छ ।
यो रिपोर्टले चीनले पाँच महादेशहरूमा कम्तिमा ५४ वटा पुलिसद्वारा सञ्चालित “विदेशी प्रहरी सेवा केन्द्रहरू” स्थापना गरेको खुलासा गरेको छ । यी स्टेशनहरु मध्ये केहीले विदेशी भूमिमा (स्पेन सहित) प्रहरी कार्य सञ्चालन गर्न चिनियाँ प्रहरीसँगको सहकार्य गरेको पाइएको छ । डच विदेश मन्त्रालयले (२६ अक्टोबर २०२२) चीनले नेदरल्याण्डमा दुईवटा अवैध प्रहरी चौकी स्थापना गरेको रिपोर्टमा अनुसन्धान गरिरहेको छ । डच प्रसारक आरटीएल न्युज र खोज पत्रकारिता प्लेटफर्म फलो द मनीको रिपोर्टअनुसार “नेदरल्याण्डमा असन्तुष्ट चिनियाँहरूलाई दबाब दिन केन्द्रहरू” प्रयोग गरिएको “सङ्केतहरू” पाइएको छ ।
केन्द्रहरूले कथित रूपमा चिनियाँ चालकहरूको इजाजतपत्र नवीकरण वा वैवाहिक स्थितिमा परिवर्तनहरू घोषणा गर्ने जस्ता नागरिक सेवाहरू प्रदान गरिरहेका थिए । डच विदेश मन्त्रालयले चिनियाँ सरकारले कूटनीतिक माध्यमबाट त्यस्ता केन्द्रहरू स्थापना गर्ने बारे डच सरकारलाई कहिल्यै जानकारी नदिएकाले प्राविधिक रूपमा यी केन्द्रहरू गैरकानूनी रहेको उल्लेख गरेको छ । नेदरल्याण्डमा बस्ने एक असन्तुष्ट चिनियाँले आरटीएल न्युज र फलो द मनीलाई बताएअनुसार उनलाई रोटरडम शहरको चिनियाँ “पुलिस कार्यालय”ले बोलाएर सोधपुछ गरेको थियो ।
शरण पाएका चिनियाँ नागरिकलाई अपरिचित नम्बरबाट धम्कीपूर्ण फोन र टेक्स्ट म्यासेज आएको र आफ्नो नाममा बमको धम्की आएको उनले बताए । पूर्वी तटीय क्षेत्रहरू युरोपमा चिनियाँ आप्रवासनका प्रमुख गन्तव्य हुन् । सेफगार्ड डिफेन्डरहरू दावी गर्छन् कि चीनले १२ इयू देशहरूसहित “पाँच महाद्वीपका दर्जनौं देशहरूमा” विदेशी पुलिस “सर्भिस स्टेशनहरू” बनाएको छ । चिनियाँ अधिकारीहरूले आफ्ना हजारौं नागरिकहरूलाई आपराधिक कारवाहीको सामना गर्न चीन फिर्ता हुन सहजीकरण गर्दछन् ।
सेफगार्ड डिफेन्डर्सले सार्वजनिक सुरक्षाका उपमन्त्री डु हांगवेईलाई उद्धृत गर्दै यी तथ्य प्रकाशन गरेका छन् । अनुसन्धानले यी स्टेशनहरू मध्ये एउटा जर्मनीको फ्रान्कफर्टमा रहेको दाबी गरेको छ । यस्ता अपरेसनहरूले “आधिकारिक द्विपक्षीय पुलिसलाई छेउ लगाँउदै अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको पाइएको रिपोर्टमा उल्लेख छ । प्रतिवेदनका अनुसार अधिकारीहरूले “ट्र्याकिङ डाउन” जस्ता विधिहरू प्रयोग गरेर चीनमा लक्षित परिवारलाई धम्की, उत्पीडन, थुनामा राख्ने वा जेल हाल्ने गरी विदेशमा रहेका संदिग्धहरूलाई चीन फर्कन मनाउन दबाब दिन कार्य गर्दछन् । हालै, हङकङको प्रजातन्त्र समर्थक प्रदर्शनकारीलाई म्यानचेस्टर (१६ अक्टोबर २०२२) मा चिनियाँ वाणिज्य दूतावासको मैदानभित्र कुटपिट गरिएको थियो ।
भिडियो फुटेजमा बेलायती पुलिस अधिकारीहरूले अराजक दृश्यहरू रोक्न खोज्दा एक व्यक्तिलाई आक्रमण गरिएको स्पष्ट देखिन्छ । स्पष्ट छ, चीन किनारामा बाँचिरहेको छ । धेरै चिनियाँ अधिकारी र कूटनीतिज्ञहरूको दिमागमा सी नेतृत्वका हरेक कदमहरु आफ्नो शासन स्थिरताका लागि मात्र स्पष्ट रूपमा क्रियाशील छ । त्यसैले म्यानचेस्टर घटनालाई विश्वभर हुनसक्ने यस्ता धेरै घटनाहरूमध्ये एउटाको रूपमा हेर्नुपर्छ ।
प्रहरी स्टेशनहरू स्थापना भएको रिपोर्टहरूमा अचम्मै मान्नुपर्ने अवस्था भने होइन । किनभने चीनले उच्च प्रविधिको साथ स्वदेशी र विदेशमा असहमतिलाई रोक्नको लागि विभिन्न प्रविधिहरु प्रयोग गरेको धेरैलाई जानकारी छ । तर, युरोपेली देशहरूमा चीनले खुलेरै टार्गेट गरेको तथ्यले बाँकी विश्वका लागि खतराको घण्टी बजाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन