सप्तरी २ मा उपेन्द्र यादवको साथबाट मुस्लिम र दलितहरु छुटिएपछि लोसपाका ठाकुरको पक्ष बलियो हुँदै

704 Shares

सप्तरी, २१ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेको क्षेत्रमा मुस्लिम र दलित समुदायले साथ छाडेपछि लोसपा उम्मेदवार जयप्रकाश ठाकुरको पक्ष बलियो बन्द्र गएका छन् ।
दलित र मुस्लिमहरु सप्तरी २ मा लोसपाका उम्मेद्वार ठाकुरको पक्षमा लागेपछि उनी प्रति जित्ने माहोल बढ्दै गएका हुन् । यो क्षेत्रमा बलियो प्रभाव भएका ठाकुरलाई समर्थन गर्नेहरू खुल्दै गएका छन् ।
यसैक्रममा यहाँका दलित र मुस्लिम समुदायले ठाकुरलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
यहाँका अर्का उम्मेद्वार जसपा अध्यक्ष उपेन्द्र यादव मधेसविरोधी शक्तिसँग मिलेको, मधेसको भोटलाई सत्तासँग साटेको, मधेसका शहिदहरूको भावनालाई सम्मान नगरेको भन्दै रुष्ट रहेका मतदाताले लोसपा उम्मेदवार ठाकुरलाई समर्थन गरेका हुन् ।
दलित र मुस्लिम समुदायका अगुवाले आइतबार ठाकुर असली मधेसीको आवाज बोक्ने नेता भन्दै समर्थन गरेको एक मुस्लिम मतदाता प्रिया अन्सारीले जानकारी दिइन ।
ग्राउण्ड रियालिटी बुझ्दा यहाँका अर्का उम्मेद्वार सीके राउतले विखण्डनको राजनीति गरेकाले उनलाई मत नदिने मनस्थितिमा यहाँका मतदाता छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार