भियना । सिन्जियाङमा अल्पसंख्यक उइगरमाथि चीनले गरेको दमन र नरसंहारको श्रृंखला लामो छ। सेप्टेम्बर २२ मा भियनाको स्टेफान्सप्लाट्जमा उइगरहरूद्वारा फोटो प्रदर्शनी आयोजना गरिएको थियो ।
भियनामा उइगर समुदायका अध्यक्ष मेभलान डिलसातले चिनियाँ कम्युनिष्ट पार्टीले सिन्जियाङ प्रान्तको यातना शिविरमा उइगर र जातीय अल्पसंख्यकहरूमाथि गरेको अत्याचारको बारेमा जानकारी गराए ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को शासन अन्तर्गत चीनमा उइगरहरूको अवस्था नाजुक भएको र उइगरमाथिकव आक्रमण बढ्दै गएको उनले बताए। सन् २०१६ मा सुरु भएको मुख्यतया मुस्लिम जातीय अल्पसंख्यकहरूलाई लक्षित दमन अभियानको भागको रूपमा चीनमा धेरै उइगर बुद्धिजीवीहरूलाई हिरासतमा राखिएको थियो, र हालै मात्र बढेको छ ।
सिन्जियाङ क्षेत्रमा चीनको मानवअधिकार उल्लंघनबारे खुलासा गर्ने संयुक्त राज्य अमेरिकाको हालैको प्रतिवेदनमा भनिएको छ, ुजबरजस्ती चिकित्सा उपचार र थुनामा राख्ने प्रतिकूल अवस्थालगायत यातना वा दुर्व्यवहारको ढाँचाका आरोपहरू विश्वसनीय छन्। यौन र लैङ्गिक हिंसाका व्यक्तिगत घटनाहरू भएका छन् ।
संयुक्त राष्ट्र संघका पूर्व उच्चायुक्त मिशेल बाचेलेटले प्रतिवेदन जारी गर्दै चिनियाँ प्रान्त सिनजियाङ र अन्य मुस्लिम बाहुल्य भएका उइघुरहरूलाई नियमित रूपमा पुनः शिक्षा शिविरमा राखेर यातना, बलात्कार, जबरजस्ती श्रम र गर्भपतन हुने गरेको बताए ।
बिहीबार फोटो प्रदर्शनीमा चीनको यातना शिविरमा रहेका र सिनजियाङ क्षेत्रमा बेपत्ता भएका मानिसहरूका तस्बिरहरू प्रदर्शन गरिएको थियो । कार्यक्रममा विश्व उइगर कांग्रेसका अध्यक्ष डोल्कुन इसाले पनि सहभागिता जनाएका थिए र सीसीपीले गरेको मानवअधिकार उल्लङ्घनका बारेमा बोलेका थिए ।
उक्त कार्यक्रममा वक्ताहरुले अस्ट्रियाले चीनमा उइगरविरुद्ध भइरहेको नरसंहारलाई मान्यता दिनुपर्ने र यसमा संलग्न सीसीपीका पदाधिकारीहरुलाई कारबाही गर्न पनि आग्रह गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन