इशलामाबाद । पाकिस्तानको आर्थिक अवस्था यति सम्म दैनिय भईसकेको छ की शिक्षकहरुको तलब विगत दुई बर्ष देखि दिएको छैनन् ।
पाकिस्तानका ६ सय ५० शिक्षिकाले दुई वर्षदेखि तलब प्राप्त गर्न नसक्दा उनीहरुको विल्लीबाठ बनेका हुन् । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार पञ्जाब प्रान्तको मुजफरगढका शिक्षिकालाई दुई वर्षदेखि तलब दिइएको छैन ।
आधारभूत शिक्षा सामुदायिक विद्यालय एवम् राष्ट्रिय मानवविकास आयोगद्वारा सञ्चालित विद्यालयमा कार्यरत महिला शिक्षिकाहरुले तलब नपाएका हुन् । उनीहरुले सरकारले आफूहरुको बेवास्ता गरेको र आफ्नो आर्थिक अवस्था झन झन खराब बन्दै गएको समेत बताएका छन् ।
अनौपचारिक विद्यालयमा अध्यापन गराउँदै आएकी अजरा बिबीले आफूले दुई वर्षदेखि तलब नपाएको बताइन् । उनले स्थानीय पसलबाट उधारोमा सामान किन्ने गरेको बताउँदै तलब नपाउँदै साहुको ऋण समेत तिर्न नसकेको गुनासो गरिन् ।
उनले सरकारी अधिकारीहरुले तलब उपलब्ध गराउने बाचा गरेको भएपनि त्यो बाचा पूरा नगरेको बताइन् । पञ्जाब सरकारले आर्थिक वर्ष २०२१–०२२ का लागि यस्ता अनौपचारिक विद्यालयलाई भनेर १ अर्ब ६१ करोड पाकिस्तानी रुपैयाँ बजेट छुट्याएको जनाइएको छ ।
यद्यपि शिक्षिकाहरुले भने तलब पाएका छैनन् । पञ्जाबमा अनौपचारिक विद्यालयमा ७ हजारभन्दा धेरै महिला शिक्षिका कार्यरत रहेको डनले उल्लेख गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन