जम्मु कश्मीरमा केन्द्र सरकारद्धारा विकासको गति तिव्र बनाइयो

231 Shares

नयाँ दिल्ली । भारतको जम्मु कश्मीरबाट आर्टिकल ३७० हटेपछि त्यहाँ विकासको लहर छाएको छ । भारतको केन्द्रीय सरकारले जम्मु कश्मीरका बासिन्दाहरुलाई विकासको गतिमा अघि बढाउने कार्यमा निरन्तर प्रयत्नशिल रहेको हो । सडक, शिक्षा, स्वास्थ्य, खानेपानीको साथै आम मानिसलाई चाहिने आधारभुत आवश्यक्ताहरुलाई पहिचान गरेर योजनाहरु लागु गरी द्रुत गतिमा कार्यहरु भईरहेका छन् ।
भारतको जम्मु कश्मीरमा पनि विद्युतीय सवारी चल्ने भएका छन् । जम्मु कश्मीरको राजधानी श्रीनगर र जम्मु सहरमा २ सय वटा विद्युतीय बस चल्ने भएका हुन् ।
सरकारले वातावरणीय, सामाजिक, आर्थिक एवम् आर्थिक रुपमा दिगो सार्वजनिक सवारी साधनका लागि पहल गरेसँगै जम्मु कश्मीरमा विद्युतीय बस सञ्चालन हुने भएको हो ।
यसका लागि जम्मु कश्मीरका प्रमुख अरुण कुमार मेहताको रोहबरमा टाटा मोटर्स र चलो मोबिलिटीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको भारतीय टेलिभिजन टाइम्स नाउको अनलाइन संस्करणले जनाएको छ ।
विद्युतीय बसले दुबै सहरमा सार्वजनिक यातायातमा व्यापक परिवर्तन ल्याउने मेहताको विश्वास छ । उनले सहरबासीलाई आधुनिक सुविधा दिन सरकार तयार रहेको समेत बताए ।
विद्युतीय बसमा सीसीटीभी, स्थानसूचक प्रणाली एवम् अन्य सुरक्षात्मक व्यवस्था समेत रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार