आधा शरिर जलेको अवस्थामा महिलाको शव फेला

   १२ चैत्र २०७७, बिहीबार १५:२८  

तराई टप संवाददाता
रौतहट, १२ चैत । रौतहटको यमुनामाई गाउँपालिका ५ स्थित एक महिलाको शरिर आधा जलेको अवस्थामा विहिवार फेला परेको छ ।
यमुनामाई गाउँपालिका ५झुनखुनवा मोतिपुर गाउँको विचमा स्थानीय सुन्दर साहको खेतमा नाम वतन नखुलेको अन्दाजी बर्ष २४÷२५ बर्षिया महिलालाई भुसमा आगो लगाएको हुँदा आधा शरिर जलेको अवस्थामा आज विहान १०.१५ बजेको समयमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
अहिले सम्म महिलाको सनाखत हुन सकेको छैनन् भने महिलालाई हत्या गरी मसुरोको भुसमा आगो लगाएर प्रमाण नष्ट गर्ने उद्देश्य रहेको प्रहरीले आशंका गरेको छ । महिलालाई यसरी जलाउनुको पछाडी हत्याको षड्यन्त्र रहेको हुँदा तालिम प्राप्त कुकुरको मद्दतबाट अपराधी समात्ने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठले जानकारी दए ।
घटनास्थलको प्रकृति हेर्दा महिलाको एउटा खुटा काटिएको, आधा शरिर जलेको तथा महिलाले प्रयोग गरेको एक जोरी नयाँ चप्पल बरामद भएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको डिएसपी श्रेष्ठले भने ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै