आइएमई ग्रुपले एक सय भन्दा बढि इलेक्ट्रिक स्कुटर विक्री गरे

194 Shares

काठमाडौं, २१ कार्तिक । आइएमई ग्रुपले चाँडपर्वमा एक सय भन्दा इलेक्ट्रिक स्कुटर विक्री गरेको छ ।
आइएमई ग्रुपद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी युनिट र्याफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको जनाइएको हो ।
राफ्ट मोटर्समा ६ वटा भन्दा बढी मोडेलका इलेक्ट्रिक स्कुटरहरू छ जसको दायरा एकै पटक चार्जमा ३ सय २० किलोमिटर सम्मको यात्रा तय गर्नलाई पुग्छ । यथोचित मूल्यमा धेरै किलोमिटरको दायरा सम्म पुग्न सकिने, विश्वसनीयता र धेरै आकर्षक लुक्सका कारण राफ्ट स्कुटर छोटो अवधिमा नेपालमा अत्यन्तै लोकप्रिय हुदै गएको बताइएको छ ।
पेट्रोल स्कुटरको तुलनामा राफ्ट इलेक्ट्रिक स्कुटर चलाउन प्रति किलोमिटर ३० पैसा भन्दा कम खर्च हुने, तीन वर्ष भित्र उपभोक्ताले करिब २५०,००० सम्म बचत गरेर व्यावहारिक रूपमा स्कुटरको पूरा लागत फिर्ता हुने सम्भावना रहेको जनाइएको छ ।
फायरपु्रफ ब्याट्री, रिभर्स गियर, हाईट एडजसटेबल शोक्क अब्सोर्बर्, मल्टी मोड्स अफ ड्राईभिङ्ग, द्रुत चार्जको लागि १० एम्प चार्जर्, राम्रो सुरक्षाको लागि बाक्लो बडी, कि–लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै सुविधाहरू राफ्टस्कुटरमा राखिएको छ ।


आइएमई इलेक्ट्रिकका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकका अनुसार मूल्य र किलोमिटर दायराको सन्दर्भमा उत्कृष्ट संयोजन भएको राफ्ट स्कुटरको मूल्य मात्र १९९,००० (एक लाख उनान्सय हजार मात्र) तोकिएको छ । नेपालको बजारमा सबैभन्दा किफायती इलेक्ट्रिक स्कुटरहरू मध्ये एक हो राफ्ट ले एकपटकको चार्जमा ३सय २० किलोमिटरसम्मको माइलेज दिने बताए ।
जुन नेपालको सबैभन्दा उच्च किलोमिटर माइलेजहो । यसका अतिरिक्त, हामीसँग उत्कृष्ट सुविधाहरू उपलब्ध छन् । फलस्वरूप, ग्राहक र डिलरहरूले हाम्रो अटोमोबाइललाई लोकप्रियतामा ठूलो वृद्धि दिइरहेका छन् । बिक्री, सेवा र स्पेयर पार्ट्सका साथ आइएमई इलेक्ट्रिकले सक्रिय रूपमा आफ्नो नेटवर्क विस्तार गर्दै आएको बताए । जसको अहिले नेपाल भरीमा १० भन्दा बढी डिलर छन् ।
आइएमई अटोमोबाइल कम्पनीको इलेक्ट्रिक भेहिकल डिभिजन, आइएमई इलेक्ट्रिकले नेपालमा राफ्ट इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीसाधन बिक्री गर्न थालेको छ र निकट भविष्यमा चारपाङ्ग्रे यात्रुवाहक कार र व्यावसायिक सवारी साधनहरूमा विस्तार गर्ने महत्वाकांक्षी योजनाहरू रहेको छ ।
राफ्ट मोटर्स भारतका शीर्ष १० विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादकहरू मध्ये एक हो र यसले राम्रो विश्वसनीयता र उत्कृष्ट सम्भावित सुविधाहरू सहित गुणस्तरीय सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ ।
डिलरशिप र सवारी साधन खरिद सम्बन्धि कुनै पनि जिज्ञासाको लागि ९८०११०८९७५ मा सम्पर्क गर्न सकनुहुनेछ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिक नेपालमा र्याफ्ट मोटर्सको एकमात्र आधिकारिक वितरक रहेको जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार