चन्द्रपुर, २१ कार्तिक । रौतहट निर्वाचन क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि सत्तारुद्ध गठबन्धन मध्ये नेपाली काँग्रेसको उम्मेदवार देवप्रसाद तिमलसिनाको घरदैलो अभियानको क्रममा जनसमर्थन तिव्र हुँदै गएको छ ।
नेपाली काँग्रेसका उम्मेदवार तिमलसिना सोमवार चन्द्रपुर नगरपालिकाको वडा नम्वरव ४ र २ मा घरदैलो कार्यक्रम गरेको हो । उहाँ संगै प्रदेश सभा क बाट नेकपा माओवादीका उम्मेदवार युवराज भटराई (समिर) घरदैलो कार्यक्रममा सहभागी बन्दा दुबै जनाको पक्षमा जनलहर ओर्लिएको देखिदा मंसिर ४ गते हुने मतदानमा उनकै पलडा भारी हुँदै गएको राजनीतिक विश्लेशकहरु बताउछन् ।
जे भएपनि मत परिणाम सार्वजनिक नभए सम्म कसैको जित सुनिश्चित भन्न नमिल्ने भएपनि जनलहर सत्तारुढ गठबन्धनकै पक्षमा निर्वाचन क्षेत्र नम्वर ४ मा देखिएको छ । उम्मेदवारहरु विहानै देखि राति सम्म मतदाताहरुलाई आ आफना पक्षमा मतदान गर्न अपिल गर्दै हिडेका छन् । तिमलसिना र भटराई को पक्षमा मतदाताहरुको जनसमर्थन देखिदा आउदो मंसिर ४ को निर्वाचनमा निर्वाचित हुने विश्वास स्थानीय संचारकर्मी प्रिमेश सिवाकोटीले गरे ।