व्रिटिश फौज माथि विजय प्राप्त गरेको उपलक्ष्यमा फागु वैरिया मेला महोत्सव समनपुरमा सुरु

682 Shares

तराई टप संवाददाता
रौतहट, १२ चैत । रौतहटको गढीमाई नगरपालिकाको समनपुरमा एतिहासिक फागु बैरिया मेला मोहत्सव विहिवार देखि सुरु भएको छ ।
व्रिटिस साम्राज्यको इष्ट इण्डिया कम्पनीका सैनिकहरु नेपाल माथि आक्रमण गर्दै समनपुर सम्मको भु भाग कब्जामा लिएपछि ईस्वी सम्बत १८१४ डिसेम्बर ३१ गतेका दिन स्थानीय बासिन्दाहरुको सहयोगमा नेपाली सेनाले रातिको समयमा घरेलु अस्त्रशस्त्र सहित व्रिटिश फौज माथि आक्रमण गरेर नेपाली भु भागबाट लखेटी गुमेको भु भाग कब्जा गरेका थिए । व्रिटिश फौजलाई परास्त गरेको दिनको सम्झनामा लडइया समनपुरमा एतिहासिक फागु वैरिया महोत्सवको आयोजना गरिदै आएको हो ।
उक्त महोत्समा नेपाली सेनाले आफनो कलाकृतिको साथै तत्कालिन समयमा युद्धमा प्रयोग भएको अस्त्रशस्त्र सहित प्रस्तुती गर्ने गरिएको छ । यसपालि विरदल गणका नेपाली सेनाहरु साँस्कृतिक कार्यक्रमको साथै यद्ध सम्बन्धी वृतचित्रहरु प्रदर्शन गरिएको छ ।
अंग्रेज फौजलाई हराएको दिनको सम्झनामा आयोजना गरिएको एतिहासिक फागु वैरिया मेला महोत्सवको एक समारोहका विच प्रदेश नम्वर २ को प्रमुख राजेश झा (अहिराज) ले उदघाटन गरेर सुरुआत गरे ।
महोत्सवलाई सम्बोधन गर्दै समनपुर नगरपालिकाको प्रमुख श्यामप्रसाद यादवले अंग्रेज माथि विजय प्राप्त गरेको एतिहासिक दिनको सम्झना स्वरुप परापुर्व काल देखि चलिआएको वैरिया फागु महोत्सवलाई भव्य एवं सभ्य बनाउन नगरपालिका हर सम्भव प्रयास गर्ने तथा यहाँको साँस्कृति झल्किने खालको प्रस्तुतीहरु गरिने उनले स्पष्ट पारे । कोभिडको मध्यनजर राख्दै भिडभाड नगरी सोशल दुरी कायम गर्नुपर्ने, अनिवार्य रुपमा फेस मास्कको प्रयोग गरेर मात्रै महोत्सवमा आउन सर्वसाधारण संग उनले अपिल गरे ।


करिव एक साता सम्म संचालन हुने एतिहासिक फागु वैरिया महोत्सवमा रौतहट सर्लाही गरेर एक लाख भन्दा बढि मान्छेहरु अवलोक एवं किनमेल गरी स्थानीय बजार व्यवसायलाई प्रवद्र्धन टेवा पुग्ने गढीमाई नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले विश्वास व्यक्त गरे । एतिहाँसिक महोत्सवमा उदघाटन गर्न आउनु भएको प्रदेश प्रमुख झालाई नगरपालिकाको तर्फबाट मेयर श्यामप्रसाद यादवले सम्मान पत्र एवं दोसल्ला ओढाएर सम्मनित गरिएको समेत जानकारी यादवले दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार