रौतहट, २३ कार्तिक । रौतहटको पश्चिमी भेग स्थित सीमा पारी भारतबाट नेपाल भित्रयाई भण्डारण गरिएको अवस्थामा नेपाल प्रहरीले ठूलो परिमाणमा चिनी र डिएपी रासायनीक मल बरामद गरेको छ ।
आसन्न निर्वाचनमा जिल्ला भरी नै शान्ति सुरक्षाको व्यवस्थापनमा प्रहरी व्यस्त भएपछि सीमा वारीपारीको कारोवार गर्ने तस्करहरु सोको फायदा उठाउदै सीमापारी भारतीय बजार घोडासहानबाट ल्याएर भण्डारण गरिएको अवस्थामा १५९ बोरा चिनी र २५ बोरा डिएपी रासायनिक मल बरामद गर्न सफल भएको हो
जिल्ला प्रहरी कार्यालय गौरमा प्राप्त सुचनाको आधारमा जिल्ला प्रहरीका टोली र प्रहरी चौकी मठियाको संयुक्त टोलीले रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ४ लतमरी स्थित सीमावर्ती क्षेत्रबाट अबैध रुपमा नेपाल भित्रयाई त्रिपालले छोपिएको अवस्थामा झण्डै ७ लाख मूल्य बराबरको चिनी र रासायनीक मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी सुनिल मल्लले बताए ।
प्रहरीले आवश्यक अनुसन्धान गरेर बरामद गरिएका ६ लाख ९८ हजार मूल्य बराबरको चिनी र डिएपी रासायनिक मल आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको उनले भने । साथै सीमा क्षेत्रमा भण्डारण गर्ने तस्कर विरुद्ध अनुसन्धान गरेर नियन्त्रणमा लिने दाबी प्रवक्ता मल्लले गरे ।
निर्वाचनको कार्यहरुमा व्यस्त भएपछि केही तस्करहरु सलवलाएको स्वीकार्य गर्दै तिनीहरुको कार्य माथि नियन्त्रण गर्न विशेष प्रहरी परिचान गरिएको तथा अबैध कार्यलाई निरुत्साहित गरिदै गौर भन्सार कार्यालयको राजस्व संकलन कार्यमा वृद्धि गराउने बताए । अबैध कार्यहरुलाई रौतहट प्रहरी सक्षम भएर पूर्ण रुपमा निष्तेज पार्ने अभियानमा सक्रिय भएको हुँदा आम जनसमुदायहरु पनि समयमा जानकारी दिई प्रहरीलाई सहयोग गर्न आग्रह समेत उनल गरे ।