पाकिस्तानी प्रहरीले पिटिआईका कार्यकर्तालाई कुटपिट गरेपछि हिंसा भड्कियो

178 Shares

पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का कार्यकर्ता र पुलिसबीचको झडपले देशमा अशान्ति निम्त्याएको छ । निर्वाचन आयोगले तोशाखाना मुद्दामा पूर्व प्रधानमन्त्री इमरान खानलाई अयोग्य घोषित गरेपछि यो हिंसा भड्किएको खबर छ ।

निर्वाचन आयोगले आफ्नो निर्णय लिएपछि पीटीआई कार्यकर्ताहरूसँग पुलिसको टोलीको भडप परेको र हिंसा भड्किएको भनी एआरवाई न्यूजले रिपोर्ट गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले पीटीआईका एमएनए सालेह मुहम्मद र उनका गार्डलाई ईसीपी कार्यालयबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार