पार्टीको स्वार्थ नमान्दा रौतहटमा दुई नेता बलीको बोका बने

275 Shares

रौतहट २३ कार्तिक । पार्टीहरुको क्षणिक स्वार्थमा बर्षौको लगानीलाई मूल्याँकन नगरी कार्यकर्ताहरुलाई बलिको बोको चढाउने गरिन्छ जसको उदाहरण रौतहटका दुई जना नेतालाई नेकपा माओवादीले पार्टीको साधारण सदस्यताबाट निस्काशन गरेकोबाट प्रष्ट भएको छ ।
नेकपा माओबादी केन्द्रबाट रौतहट क्षेत्र नम्बर ३ को प्रतिनिधि सभाका आधिकारिक उम्मेदवार बनेका कबिन्द्र पटेल (धिरज) र सोही पार्टीका प्रदेश समिति सदस्य बिन्देश्वर यादबलाई कारवाही गरेपछि उनीहरु घरको न घाटको बनेको हो अनाहकमा बलीको बोका बनाइए ।
सत्ता गठबन्धनले रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साहलाइ समर्थन गरेको अवस्थामा त्यसको बिरोध गर्दै संघिय संसदका उम्मेदवार पटेलले उमेदवारी फिर्ता नलिएको र अर्का नेता यादबले गठबन्धनको निर्णय भन्दा बाहिर गएर स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवाललाइ सर्मथन गरेको भन्दै दुवैजनालाइ कारवाही गरिएको मधेश प्रदेश इन्चार्ज गणेश शाहद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।
मंगलबार मधेश प्रदेश इन्चार्ज शाहद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत उनीहरुलाइ पार्टीको साधरण सदस्यमा समेत नरहने गरी कार्वाही गरेको जनाइएको छ ।
पार्टीको निर्णय भन्दा बाहिर गएर गतिबिधि गरेको कारण दुबै जनालाइ कार्वाही गरेको नेकपा माओबादी केन्द्र रौतहट जिल्ला समन्वय समितिका संयोजक देबेन्द्र पटेलले जानकारी दिए ।
माओबादी केन्द्रले आधिकारीक रुपमा टिकट बाट चुनाब चिन्ह दिएका पटेललाइ नेकपा माओबादी केन्द्रले पटक पटक उमेदवारी फिर्ता लिन आग्रह गर्दै आएको थियो ।
पटेल पछिल्लो समय माओबादी केन्द्रको चुनाब चिन्हबाट सकृयरुपमा प्रचार प्रसारमा रहेका थिए । उम्मेदवार पटेलले प्रभु साहलाइ समर्थन नगर्ने र उम्मेदारी पनि फिर्ता नलिने अडान राख्दै आएपछि कारवाही गरिएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार