रौतहट, २३ कार्तिक । रौतहट निर्वाचन क्षेत्र नम्वर १ अन्तर्गत प्रदेश सभाको (ख) मा स्वतन्त्र उम्मेदवार राजेश चौधरी र नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद यादव बीच प्रतिष्पर्धा रहेको छ ।
स्वतन्त्र उम्मेदवारको रुपमा रहेका चौधरी जिप चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएको छ भने रुख चिन्हबाट यादव चुनावी मैदानमा होमिदै जनताहरुको घर दैलो कार्यक्रम तथा मतदाताहरुको मन जित्ने प्रयासमा यतिवेला जुटेको हो ।
नेपाली काँगे्रसका जिल्ला सचिव पदलाई त्याग गर्दै नेकपा एमाले प्रवेश गरेका चौधरी कुनै कारणबस पार्टीबाट टिकट पाउन नसकेपछि अन्तिममा स्वतन्त्र भई चुनावी मैदानमा ओर्लिदा उनका पक्षमा मतदाताहरुको अपार माया र सदभाव रहेको बुझिन आएको छ । अर्को तर्फ नेपाली काँग्रेसका मधेश प्रदेश सभापति एवं मुख्य मन्त्रीको उम्मेदवारको रुपमा रहेका यादवको पक्षमा जनमत बढ्दै गएको हुँदा चुनावी प्रतिष्पर्धा कडा हुने बताइएको छ । दुबै उम्मेदवारहरु आ आफनो पक्षमा मत दिन मतदाताहरुको घरदैलोमा गई हृदय जित्ने प्रयासमा लागि परेका छन् ।
हुन त यस निर्वाचन क्षेत्रमा मधेश प्रदेश सरकारमा कृषि राज्य मन्त्री रहेका तथा जसपाका निवर्तमान प्रदेश साँसद योगेन्द्र यादव, वरिष्ठ संचारकर्मी श्रीमन् नारायण मिश्र जनता प्रगतिशिल पार्टीबाट उम्मेदवार भई चुनावी प्रतिष्पर्धामा ओर्लिएका छन् ।
उहाँहरु पनि आफ्नो जित हुनेमा विश्वस्त रहेको छ । तर जित कसको हुनेछ ति मतदाताहरु मतपेटिकामा मत खसाएपछि मतगणना पश्चात मात्रै थाहा हुने भएको हुँदा कसैको जित वा हार सबै भविष्यको गर्भमा छुपेको हुँदा सबै उम्मेदवारहरु प्रति तराई टप सुभेक्षा एवं सहानभुती राख्दछ कि उहाँहरुको मेहनेतको फल मतदाताहरु अवश्य दिने छ ।