zoom meeting login online free - zoom meeting login online free zoom meeting join online free - zoom meeting join online free free download of zoom cloud meeting app why is my audio not working on zoom pc - why is my audio not working on zoom pc zoom app is chinese zoom app download for microsoft

सेमिफाइनलमा भारत र ईङल्याण्ड भिड्दै

   २४ कार्तिक २०७९, बिहीबार ०६:३१  

रौतहट, २४ कार्तिक । आईसीसी टी–२० क्रिकेट विश्वकप प्रतियोगिता चरम उत्कर्षमा पुगेको छ । आज एडिलेडमा हुने दोस्रो सेमिफाइनलमा भारत र ईङल्याण्ड भिड्दै ।
प्रतियोगिताको प्रमुख दाबेदार मानिएका न्युजिल्यान्ड लाई पाकिस्तानले ७ विकेटबाट हराउदै फाईनलमा प्रवेश गरिसकेका हुन् ।
नेपाली समय अनुसार दिउसो १:४५ बजे सुरु हुनेछ । भारत समुह २ बाट शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो भने ईङल्याण्ड समुह १ बाट उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । 
भारतले ५ खेलमा ८ अंक हासिल गरेको छ । त्यस्तै ५ खेलमा ६ अंक हासिल गर्दै समुहमा दोस्रो हुदै दक्षिण अफ्रिका पराजित भएपछि पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको थियो ।
त्यस्तै ईङल्याण्डले समुह १ मा ५ खेलमा ७ अंकसहित नै ०.४७३ रनरेटका आधारमा आयोजक अस्ट्रेलियाभन्दा अगाडी रहदै समुहको उपविजेता बन्दै सेमिफाइनलमा स्थान सुनिश्चित गरेको थियो ।
सेमिफाइनलअघि ईङल्याण्डका खेलाडी घाइते हुदा समस्यामा परेको छ । ईङल्याण्ड तिब्र गतिका बलर मार्क वूड र विस्फोटक ब्याट्सम्यान डेविड मलान घाइते भएपछि भारतविरुद्धको खेलमा खेल्न नसक्ने बताइएको छ ।
त्यस्तै भारतको टिममा पनि विकेटकिपर र स्पिनरको विषयमा ईङल्याण्डविरुद्ध कसलाई खेलाउने भन्नेमा स्पष्टता देखिएको छैन । शुरुका खेलमा दिनेश कार्तिकलाई विकेटकिपर ब्याट्सम्यानको रुपमा खेलाइएको भएपनि पछिल्लो खेलमा उनलाई आराम दिएर रिषव पन्तलाई खेलाइएको थियो । तर पन्त केवल ३ रन बनाएर आउट भएपनि उनी ईङल्याण्डविरुद्ध खेल्ने नखेल्ने स्पष्ट छैन । त्यस्तै स्पिनर आर आश्विनको ठाउमा युजवेन्द्र चहललाई खेलाउनु पर्ने विषयपनि उठेको छ ।
टी-२० विश्वकपको कुरा गर्दा भारतले २००७ मा भएको पहिलो विश्वकपको उपाधि जितेपछि एक पटक मात्र २०१४ मा फाइनलमा पुगेको थियो । सो विश्वकपमा श्रीलंकासँग ६ विकेटले पराजित हुदै उपविजेता बनेको थियो ।
त्यस्तै ईङल्याण्डले २०१० को टी-२० विश्वकप जितेको थियो भने २०१६ को विश्वकप फाइनलमा वेस्टइण्डिजसँग पराजित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै