रौतहट, २४ कार्तिक । रौतहट निर्वाचन क्षेत्र नम्वर ३ मा प्रतिनिधि सभा सदस्य पदका लागि दुई स्वतन्त्र उम्मेदवार वीच निकै कडा प्रतिष्पर्धा रहेको छ ।
निर्वाचन क्षेत्र ३ बाट ३ पटक विजयी भएका उम्मेदवार प्रभु साह एमालेको टिकट परित्याग गरेर स्वतन्त्र रुपमा निर्वाचनमा होमिएर आफनो विरासत जोगाउन अभियानमा सक्रिय भएको छ भने अर्को तर्फ नेपाली काँग्रेसको भागमा टिकट नपाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उद्योगपति ओमप्रकाश जयसवाल बीच कडा प्रतिष्पर्धा हुने भएको हो ।
विकास पुरुषको नामबाट प्रख्यात रहेका साहलाई ३ पटक उक्त क्षेत्रका बासिन्दाहरु जिताएर प्रतिनिधि सभामा पठाएका थिए । यसपाली दलगत नभई स्वतन्त्र रुपमा लडिरहदा उनलाई निकै कठिनाई उत्पन्न भईरहेको राजनीतिक वृतमा चर्चा परिचर्चा चलिरहेका छन् ।
अर्को तर्फ नविनतम उद्योगपति जयसवालले आफू जितेर प्रतिनिधि सभामा गएपछि यस क्षेत्रका युवा युवतीहरु रोजगारको लागि विदेशिनु नपर्ने, यही आर्थिक कोरिडोरको स्थापना गरी रोजगारीको प्रवन्ध मिलाउने, गरिव असहायलाई जीवकोपार्जन गर्न सकिने व्यवसाय मुलक कार्यमा सीपको व्यवस्थापन गराउने, शिक्षा क्षेत्रमा देखिएको विकृतिलाई दुर गरी आधुनिक शिक्षाको लागि आवश्यक पहल गरिने, गुणस्तरिय एवं चिकित्सक राखेर सुविधा सम्पन्न अस्पतालको व्यवस्थापन गराउने र बाटोघाटो, खानेपानी लगायतका आवश्यक सबै सेवा सुविधाहरुको प्रबन्ध मिलाउने आश्वासन जनताहरुमा दिदै घरदैलो अभियान जारी राखेपछि उनको पक्षमा मतदाताहरुको विश्वास बढ्दै गएको बताइएको छ ।
त्यती मात्रै नभई सत्तारुढ गठबन्धनले स्वतन्त्र उम्मेदवार प्रभु साहलाई समर्थन गरेको छ भएपनि नेपाली काँग्रेसका जिल्ला सभापति सुनिल यादवले उक्त आदेशको पालना नगरी ओमप्रकाश जयसवाललाई समर्थन गरेको हुँदा इनको पलडा भारी हुँदै गएको बताइएको छ । स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाल भन्छन् के को विकासपुरुष भएभरको बजेट कुम्लयाएर मौलापुरमा विकास गरेर ठूलो विकास पुरुष कहलाउने धेरै नेताहरु आयो र गएपनि समग्र क्षेत्रको हितमा रहेर काम मैले गरेर देखाउनुपर्ने बताए ।
प्रदेश ३ ख मा सुनिल यादव प्रति जनताहरुको विश्वास बढ्दो
नेपाली कांग्रेस जिल्ला सभापति सुनिल यादबले बिकासको नाममा भ्रष्टचार गर्ने उमेदवारलाइ यो निर्वाचनबाट पाखा लगाउनु पर्ने बताए । जनताहरुमा केही भाडाको मानिसहरु राखेर जबरजस्ती बिचार लाद्ने नेताको कारण यस क्षेत्रमा विकास नभई केही व्यक्तिको मात्रै विकास भएको गम्भीर आरोप लगाए । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्य उमेदवार ओम प्रकाश जयसवाल र प्रदेश सभा ख मा आफुलाइ र क मा नेकपा एसका उमेदवार नागेन्द्र यादबलाई आफनो अमुल्य दिई यो क्षेत्रबाट गैर राजनीतिक चरित्र भएका व्यक्तिलाई सधैको लागि अन्त्य गर्न समेत उनले अपिल गरे ।