वन कर्मचारीको लापरवाहीको कारण रौतहटको वन डढेलोको चपेटामा

608 Shares

तराई टप सवंददाता
रौतहट १४ चैत । पुर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको राष्ट्रिय वन क्षत्रेमा लागेको डढेलोल विरुवाहरु नष्ट भएको छ ।
पछिल्ला समय यता रौतहटको वन क्षेत्रमा डढेलो लाग्ने क्रम बढ्दै गएको हो । वन क्षेत्रमा लागेको अत्याधिक डढेलोको कारण वातावरण प्रदुषित बन्दै गएका छन् । डढेलोबाट निस्किएको धुवा हावा मिसिएर सर्वसाधारणको आँखामा असर देखिन थालेको स्थानियले बताएका छन ।
वनमा भएको डढेलोबाट निस्किएको धुवा हावामा मिश्रित भई सर्वसधारणको आखा पिरो लाग्ने र चिलाउने गरेको पिडितहरुको भनाइ रहेको छ । डिभिजन वन कार्यालय रौतहटको आसपासमा नै डडेलो लागेको छ । गैडाटार पहाडी क्षेत्र, धन्सार, चन्द्रपुर लगायतका ईलाका तथा रंगपुर साझेदारी वन क्षेत्रमा डढेलो लागेका छन् ।
डढेलोबाट वन क्षेत्रको सयौं हेक्टर वनमा रहेको कलिलो विरुवाहरु नष्ट भएपनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैनन । रौतहटमा २९ हजार चार सय हेक्टर क्षेत्रफलमा वन क्षेत्र रहेको त्यसमध्य अधिकास वन क्षेत्रमा डडेलो लागेको छ ।
डिभिजन वन कार्यालयले अग्नी नियन्त्रक राख्नु पर्ने, वन क्षेत्र आसपासका स्थानिय बासिन्दाहरुलाई आगो निभाउने तालिम दिनु पनेर्, सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने, सञ्चार माध्यमहबाट डढेलोबाट हुने हानी नोक्सानी बारे सचेत गराउनु पर्ने जस्ता जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्नुपर्ने माग सर्वसाधारणहरुको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार