एमाले अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकप्टरको भाडा कसले तिर्ला ?

298 Shares

चुनावी अभियान शुरु भएपछि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न पूर्वदेखि सुदुरपश्चिमका जिल्लाहरु पुगेका छन् ।
उनी १८ गते दार्चुला पुगे भने त्यसपछि गण्डकी प्रदेश पुगे । निर्वाचन आयोगले ओलीलाई हेलिकोप्टर प्रयोग गर्न अनुमति दिएको छ । दार्चुला, कञ्चनपुर पनि हेलिकोप्टरमै पुगेका थिए । कास्की, बागलुङ र स्याङ्जाको चुनावी आमसभालाई क्रमशः सम्बोधन गरिसकेका छन् ।
तर उनले कसको हेलिकोप्टर चढ्छन्, उनले चढेको हेलिकोप्टरको पैसा कसले तिर्छ भन्ने विषयमा भने कौतुहलता उत्पन्न भएको छ । उनी अहिले सिम्रिक एअरको हेलिकोप्टर चढेर तीन जिल्लाका चार वटा आमसभालाई सम्बोधन गरिसकेका छन् ।
एमाले अध्यक्ष ओलीले दुई चोटी प्रयोग गरेको हेलिकप्टर सिम्रिक एअरको ९ एन कल साइन भएको एसीटी हो । एमालेले उनको खर्च स्थानीय पार्टी कमिटी र केन्द्रीय लेखाले व्यहोर्ने बताइएको छ ।
यसरी चुनाव प्रचारमा जाँदा ओलीले लाखौंको व्ययभार हुने गरी हेलिकोप्टर प्रयोग गर्न लागेका छन् । उनको यो खर्चको स्रोतबारे पार्टी कमिटीहरुले केही खुलाएका छैनन् । पार्टी प्रवेश लगायतका कार्यक्रमहरुमा जाँदा ओलीलाई पार्टी प्रवेश गर्ने व्यक्तिहरुले नै व्यहोर्ने गरेका थिए ।
तर चुनावी कार्यक्रममा जाँदा करिब करिब डेढ करोड भन्दा बढीको खर्च हेलिकोप्टरको प्रयोग गरेबापत उठ्ने बताइएको छ । ‘स्थानीय साथीहरु र पार्टी कमिटीले हेलिकोप्टरको भाडा व्यहोर्नेछन् केही केही पार्टीको केन्द्रीय लेखाले नै व्यहोर्ने गर्छ’, एमालेका एक सचिवालय सदस्यले भने ।
एमाले अध्यक्ष ओली चुनावी अभियानको क्रमममा ४० जिल्लाको ५५ निर्वाचन क्षेत्रमा जाने योजना बनाइएको छ । स्रोतका अनुसार कतिपय सन्दर्भमा उम्मेदवारहरुले पनि हेलिकोप्टरको खर्च व्यहोर्ने जनाइएको छ ।
केही खर्च समानुपातिक उम्मेदवाहरुले पनि खर्च गराइएको एमाले केन्द्रीय कार्यालय स्रोतले जनाएको छ । ‘एमालेलाई प्राप्त हुने चन्दा सहयता र केही व्यापारिक साथीहरुले एमाले अध्यक्ष ओली चढ्ने हेलिकोप्टरको खर्च व्यहोर्न लागिएको हो तर यसको हिसाब भने अपारदर्शीनै रहेको छ’, एक एमाले नेताले भने ।
एमाले अध्यक्ष ओली सामान्यतया गाडीमा हिँडडुल गर्न नसक्ने र एकै दिन धेरै वटा जिल्लाका कार्यक्रममा सम्बोधन गर्नुपर्ने भएकाले पनि हेलिकोप्टर लिनुपर्ने बाध्यता रहेको एमाले सचिवालयले जनाएको छ ।
ओली बाहेकका नेताहरु भने आफ्नो क्षेत्र कुरेर बसेका छन् । ओली बाहेक कोही पनि ‘सेफ जोन’ मा नभएका कारण उनीहरु ओलीसँग देशव्यापी कार्यक्रममा जान सकिरहेका छैनन् । हाम्रा कुरा

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।