पर्सा । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाको जानकी टोलको दशौंतामा ठूलो संख्यामा जसपा परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेको पछि पर्सा जिल्लामा जसपामा भइचालो आएको छ ।
जगरनातपुर गाउँपालिका वार्ड नम्बर २ जानकीटोलको दसौंता निवासी जसपाबाट निर्वाचित पूर्व वडाध्यक्ष प्रभु पटेल एवं यस स्थानीय चुनावमा जसपाबाट प्रत्यासी अवधेश पटेललगायत १५० जनाको संख्यामा जसपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रतिनिधि सभा क्षेत्र नंं ४ का उम्मेदवार एवंं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले माला अबिर लगाइ सबैलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा नेका महाधिवेशन प्रतिनिधि वरिष्ठ नारायण कुर्मी, कांग्रेस पर्सा प्रवक्ता रमेश पान्डे, सचिव नवीन सिंह, नेता अजय पटेल, युवा नेता राकेश यादव लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
जसपाले मधेसी जनताको भवनाबाट बिचिलित भइ मधेस विरोधी एमाले जस्तो पार्टीसँग साँठगाठ गर्नु अनुचित रहेको साथै एमालेको उम्मेदवारलाई कहिँकतै कुनै कारण मत दिँदा मतको अनादर हुने तर्क राख्दै पार्टी प्रवेश गर्नुको कारण बताएका छ्न् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन