विराटनगरमा जसपामा भागदौड, चार सय काँग्रेसमा प्रवेश

266 Shares

विराटनगर । मोरंगको विराटनगरमा जसपालाई ठूलो झट्का लागेको छ । जसपाको चार सय भन्दा बढि नेपाली काँग्रेसमा प्रवेश गरेको हो ।
नेपाल वैश्य सेवा संघ मोरङका अध्यक्ष गणेश साहसहित चार सय बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी एलपी ग्यास विक्रेता संघ मोरङ अध्यक्ष, घरेलु तथा साना उद्योग संघका सदस्यलगायत दुई दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा आबद्ध छन् ।
विराटनगर वडा नम्बर ६ र ११ नम्बर वडाको सीमानामा अवस्थित रामपुरचोकमा आयोजित चुनावी सभामा साहसहित नेकपा एमाले, माओवादी केन्द्र, जसपा, राप्रपालगायत विभिन्न दल परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।
साह गत स्थानीय निर्वाचनमा जसपाबाट विराटनगर वडा नम्बर ११ का वडाध्यक्षका प्रत्यासी थिए । कांग्रेसले मात्रै मुलुकको आर्थिक विकाससँगै जाति, धर्म, समुदायको संरक्षण र हित गर्ने देखेर प्रवेश गरेको साहले बताए ।
नवप्रवेशीहरुलाई मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका कांग्रेस नेता डा। शेखर कोइराला, कांग्रेस केन्द्रीय सदस्य रुक्मिणी कोइराला, मोरङ ६ प्रदेशसभा ९ख० का उम्मेदवार केदार कार्की, कांग्रेस नेतृ विन्दया कार्कीलगायतले कांग्रेसको झण्डा दिएर अविर लगाएर स्वागत गरेका थिए । सभालाई सम्बोधन गर्दै डा। कोइरालाले मुलुकको आर्थिक विकास र लोकतन्त्रको रक्षाका लागि कांग्रेसले जित्नै पर्ने बताए । त्यस्तै प्रदेश सभाका उम्मेदवार केदार कार्कीले अब कांग्रेसको जितलाई कसैले रोक्न नसक्ने दाबी गरे ।
सो अवसरमा नेकपा एकीकृत समाजवादीका युवा नेता वसिम आलम, नेकपा माओवादी केन्द्रकी नेतृ नमिता न्यौपाने, नेपाली कांग्रेस मोरङ ६ प्रदेश ९ख० का सचिव विमल राजभण्डारी, विराटनगर ६ का सभापति राम ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार