तराई टप संवाददाता
रौतहट, १५ चैत । शहरी विकास तथा पूर्वाधार विकास मन्त्री प्रभु साहले विकास निर्माणको कार्यमा प्रदेश सरकार रौतहट क्षेत्र नम्वर ३ संग विभेद गरिरहेको आरोप लगाउनु भयो ।
रौतहटको माधवनारायण नगरपालिकाको खेसरहिया बजारमा आईतवार एक समारोहका विच कालोपत्रे सडकको शिलान्यास गर्दै शहरी विकास मन्त्री साहले प्रदेशको मतहतमा रहेको जिल्लामा हुनुपर्ने विकासको कार्यहरुमा प्रदेश नम्वर २ को सरकारबाट विभेदपूर्ण कार्य भईरहेकोमा आलोचना गरे ।
खेसरहियाबाट मौलापुरलाई जोड्ने सडकमा प्रदेशबाट विभेद भईरहदा संघिय सरकारको शहरी विकास मन्त्रालयद्धारा उक्त सडकमा रकम विनियोजन गरेर सडक निर्माण हुन लागेको बताउदै मन्त्री साहले खेसरहियाबाट मौलापुर, खेसरहियाबाट गौर चन्द्रपुर सडक खण्डमा जोड्न निर्माण भएको सडकमा कालोपत्रे गर्नका लागि टेण्डर आहवान भईसकेको उनले स्पष्ट पारे ।
नेता उपेन्द्र साहले हनुमान मन्दीरको पुजारीलाई हत्या गरेर फरार भएका अपराधीहरुलाई समेत प्रदेश सरकारबाट समात्ने कुनै प्रयास नगरिएको हुँदा सर्वसाधारण जनतामा डरत्रास छाएको बताउदै अविलम्ब पुजारी साहको अपराधीलाई समातेर समाजमा शान्ति सुव्यवस्था कायम गराउन माग गरे ।
सो कार्यक्रममा प्रदेश साँसद कुन्दन कुश्वाहा, मौलापुर नगरपालिकाको प्रमुख रिनाकुमारी साह, उपप्रमुखहरुमा सिमलकुमारी साह, परनिया देवी पटेल, गिता साह, राजकिशोर यादव, त्रिभुवन साह, निर्माण व्यवसायी नागेन्द्र साह सहित ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरुको उस्थिति रहेको थियो ।