निर्वाचनको प्रचार प्रसारमा जानुभन्दा केही दिन अगाडि सत्तागठबन्धन छाडेका उपेन्द्र यादव राजनीतिकका खतरनाक खेलाडी हुन् ।
सत्तागठबन्धन भत्काउन उत्तरतर्फका विदेशी शक्तिहरू लागेका थिए । उनीहरू गठबन्धन भत्काउन नसकेपछि उपेन्द्रलाई ‘बलिको बोको’ बनाएका छन् । विगतमा चीन निकट रहेको आरोप खेप्दै आएका सत्तागठबन्धनबाट बाहिर ल्याए वापत चीनले उपेन्द्रलाई चुनावी खर्च दिएको जसपाभित्र चर्चा छ ।
चीनले रकम दिएपछि उपेन्द्रले आफ्ना उम्मेदवारहरूलाई पनि दिएका छन् । एकजना उम्मेदवारले भने, ‘सत्तागठबन्धन छाडेपछि चीनले उपेन्द्र यादवजीलाई चुनाव खर्च भनेर २ अर्ब रकम दिएको जसपाभित्र चर्चा छ । त्यसी पैसा लिएर जसपाका उम्मेदवारहरू चुनावमा प्रतिस्पर्धा गर्न जानुभएको छ ।’
चीनले पैसा दिएका विषयमा आएको समाचार र हल्लाका विषयमा जसपाका अध्यक्ष उपेन्द्र यादवसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन मानेनन् । सो विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई हटाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा शुरुमा उपेन्द्र लागेका थिए । पछि क्रमशः सत्तागठबन्धनप्रति असन्तुष्ति जनाउँदै चीनको निर्देशनमा बाहिरिएका हुन् ।
चीनले सत्तागठबन्धनलाई मन पराएको छैन । एमाले ओली तथा उपेन्द्रलाई खर्च दिएर भए पनि जिताउन चीन लागेको चर्चा छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन