एडिलेड । अष्ट्रेलियाको एडिलेडमा भएको आईसिसी टि २० विश्वकप क्रिकेटको दोश्रो सेमिफाइनलमा इङ्ल्याण्ड संग लज्जाष्पद हार बेहोरेका छन् । भारतमाथि १० विकेटको फराकिलो जित निकाल्दै इङ्ल्याण्ड विश्वकपको फाइनलमा पुगेका छन् ।
भारतले पहिलो ब्याटिंग गर्दै दिएको १६९ रनको लक्ष्यलाई इङ्ल्याण्डले बिना कुनै विकेट क्षति १६ ओभरमै पुरा गर्यो ।
इङ्ल्याण्डको जितमा ओपनर एलेक्स हेल्ले र जस बटलरले बिस्फोटक ब्याटिङ गरे ।
एलेक्सले ४७ बलमा ८ छक्का र ४ चौकासहित ८६ रन बनाउँदा बटलरले ४९ बलमा ३ छक्का र ९ चौकासहित ८० रन बनाए।
त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो। भारतका लागि हार्दिक पान्ड्याले सर्वाधिक ६३ रन बनाए । उनले ३३ बलमा ४ चौका र ५ छक्का प्रहार गरेका थिए।
यस्तै विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । यो सँगै विराट कोहली टी २० आईमा ४ हजार रन पूरा गर्ने विश्वकै पहिलो ब्याट्समैन बनेका छन् । कोहलीपछि भारतीय कप्तान रोहित शर्माले ३ हजार ८ सय ५३ रन बनाएका छन् । लोकेश राहुल ५ रनमा क्याच आउट भए ।
रोहित शर्माले २८ बलमा ४ चौकासहित २७ रनमा आउट भए । विष्फोटक ब्याटर सूर्यकुमार यादव १४ रनमा आउट भए। ऋषभ पन्तले ६ रन जोडे।
इंग्ल्यान्डका लागि क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए । आदिल राशिद र क्रिस वोक्सले एक एक विकेट हात पारे ।
अब इङ्ल्याण्डले उपाधिका लागि पाकिस्तान सँग आइतबार प्रतिस्धर्पा गर्नेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।