416
Shares
रौतहट, २४ कार्तिक । वाम लोकतान्त्रिक गठबन्धनको रौतहट निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधि सभा उम्मेदवार माधवकुमार नेपाल र प्रदश क र ख का नागेन्द्र यादव, कृष्णप्रसाद यादव घर दैलो कार्यक्रमलाई तिव्र बनाएका छन् ।
वाम लोकतान्त्रिक गठबन्धनका पक्षमा मतदान गरी अत्याधिक मतबाट जिताउन आह्वान गर्दै मतदाताहरुको मन जित्ने कोशिशमा लागिपरेका हुन् । मतदाताहरु पनि उम्मेदवारहरुलाई जिताउने भरोसा दिईरहेको उक्त गठबन्धनका संजय सिंहले बताए । विकास, रोजगारी एवं समृद्धिको नाममा गठबन्धनले मत माग्दा मतदाताहरु पनि निकै सकारात्क रहेको बताइएको छ । गठबन्धनका उम्मेदवार नेपाल, प्रदेश क का साह र ख का यादव आफूहरुको पक्षमा जनमत बढ्दै गएको हुँदा जित अवश्य हुने दावी गरे ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन