233
Shares
गौर, २४ कार्तिक । नेकपा एमालेबाट रौतहट १ मा प्रतिनिधि सभाका उम्मेदवार अजयकुमार गुप्ता संगै प्रदेश १ को क का उम्मेदवार राजकिशोर यादवले गौर नगरपालिकामा विहिवार घरदैलो कार्यक्रम गरेर आफनो पक्षमा मतदान गर्न गौर बासी संग आग्रह गरेको छ ।
मंसिर ४ मा हुने आसन्न निर्वाचनको मिति नजिकिदै जाँदा उम्मेदवारहरुको घरदैलो अभियान तिव्र हुँदै गएको हो । सोही क्रममा एमालेका उम्मेदवार गुप्ता र यादवले विगतको विकास कार्य गर्नबाट बंचित भएको तर आफू निर्वाचित भएपछि यो क्षेत्रको कायापलट गर्ने वचन दिए । विगतमा दुई पटक सम्म माधवकुमार नेपाल जितेर गएपनि क्षेत्रमा कुनै विकास नभएको हुँदा उहाँ प्रतिष्पर्धा मै नरहेको दाबी गरे । आफनो जित जनता जनार्दनले गराउने समेत प्रतिबद्ध रहेको बताए । विकास भर्सेस विकासविहिनको लडाईमा आफू जित्ने दाबी गरे ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन